एमबाप्पेको सुखद् पुनरागमन

काठमाडौं। किलियन एमबाप्पे मैदानमा फर्किएका छन्। चोटका कारण केही समय मैदान बाहिर रहेका उनै एमबाप्पेले आइतबार गोल गर्दै रियल मड्रिडलाई स्पेनिस ला लिगामा अलाभेसविरुद्ध २–१ को जित दिलाए।
यो जितले प्रशिक्षक जाबी अलोन्सोमाथि बढिरहेको दबाब केही हदसम्म कम भएको छ। रोड्रिगोले पनि गोल गरेपछि मड्रिड लिगको अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा चार अंकले मात्रै पछाडि पुगेको छ। बार्सिलोनाले शनिबार ओसासुनालाई २–० ले हराएको थियो।
मड्रिडले पछिल्ला सबै प्रतियोगितामा खेलेका आठ खेलमध्ये दुई जित हात पारेको थियो। साथै, च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग घरेलु मैदान सान्टियागो बर्नाबेउमा २–१ ले पराजित भएपछि समर्थकहरूको हूटिङसमेत खेप्नुपरेको थियो।
खेलपछि प्रशिक्षक अलोन्सोले भने, ‘हामीसँग राम्रो र खराब दुवै क्षण छ। आज टोलीले राम्रो प्रतिस्पर्धा गर्यो। हामीले राम्रो सुरुआत गर्यौं र तीन अंक लिएर फर्कियौं। एकजुट रहनु अत्यन्तै महत्त्वपूर्ण छ, यही बाटोले हामीलाई अझ बलियो र दिनप्रतिदिन सुधारतर्फ लैजान्छ।’
सिटीविरुद्धको खेल चोटका कारण गुमाएका एम्बाप्पेले खेलको २४औं मिनेटमा गोल गरे। यो मड्रिडका लागि यस सिजन सबै प्रतियोगितामा गरेको २६औं गोल हो।
अलाभेसले ६८औं मिनेटमा कार्लोस भिसेन्टेको काउन्टर आक्रमणबाट बराबरी गोल फर्कायो। तर, भिनिसियस जुनियरको पासमा रोड्रिगोले नजिकबाट गोल गर्दै मड्रिडलाई पुनः अग्रता दिलाए।
यो रोड्रिगोको सिजनको दोस्रो गोल थियो। उनले यसअघि सिटीविरुद्ध गोल गर्दै क्लबका लागि नौ महिनाको गोल खडेरी तोडेका थिए।
१२औँ स्थानमा रहेको अलाभेस यसअघि रियल सोसिडाडविरुद्ध जित हासिल गरेर आएको थियो।








-1765762168961.webp&w=3840&q=75)


-1765760805345.webp&w=3840&q=75)