खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

काठमाडौं । अखिल नेपाल खेलकुद महासंघले चार जना पदाधिकारीलाई आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
महासंघले महासंघका इन्चार्ज दीपक कोईराला, अध्यक्ष शिव कोईराला, उपाध्यक्ष किरण राई र महासचिव अन्जन धमलालाई फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।
ईन्चार्ज कोईरालालाई कास्की १, अध्यक्ष कोईरालालाई काठमाडौं ७, उपाध्यक्ष राईलाई उदयपुर १ र महासचिव धमलालाई गोरखा १ निर्वाचन क्षेत्रका लागि सिफारिस गरिएको हो ।
दीपक कोईराला खेलकुद इन्चार्जको रुपमा काम गर्दै आएका छन् भने शिव कोईराला राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान उपाध्यक्ष हुन् ।
किरण राई अखिल नेपाल फुटबल संघ एन्फामा महासचिवको रुपमा कार्यरत छन् । धमला राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान बोर्ड सदस्य तथा ई स्पोर्ट्स संघ नेपालका अध्यक्ष हुन् ।
नेपाली कम्युष्टि पार्टीको माग अनुसार चार जनाको नाम सिफारिस गरिएको बताईएको छ ।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)