बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

शुक्रबार, २५ पौष २०८२खेलपाटी संवाददाता
साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं। गत एक वर्ष लिग वान, च्याम्पियन्स लिग, फ्रेन्च कप, युएफा सुपर कप र फिफा इन्टरकन्टिनेन्टल कप जितेको पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले अर्को उपाधि पनि आफ्नो नाममा लेखाएको छ।

पीएसजीले गएराति फ्रेन्च सुपर कपको फाइनलमा मार्सेईलाई हराएको हो। कुवेतको जाबेर अल–अहमद स्टेडियममा भएको खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि उपाधि पेनाल्टी सुटआउटमार्फत टुंगिएको थियो।

पेनाल्टी सुटआउटमा मार्सेईले पहिलो दुई प्रहार खेर फाल्दा पीएसजीलाई चार प्रहार मात्र पर्याप्त भयो। पीएसजीका लागि गोन्कालो रामोस, भिटिन्हा, नुनो मेन्डेस र देजिरे दुयेले गोल गर्दै ४–१ को जित सुनिश्चित गरे।

खेलको नवौं मिनेटमै उस्मान डेम्बेलेले मार्सेईका गोलरक्षकको टाउकोमाथिबाट चिप गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा थप गोल हुन सकेन भने दोस्रो हाफको सुरुआती ३० मिनेट पनि गोलरहित रह्यो।

अन्तिम २२ मिनेटमा भने खेल रोचक बन्यो। ७६औं मिनेटमा मार्सेईले पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्किने संकेत दिएको थियो। त्यसपछि विलियन पाचोको आत्मघाती गोलले खेल बराबरीमा पुगेको थियो। तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा गोन्कालो रामोसले निर्णायक गोल गर्दै खेललाई पेनाल्टी सुटआउटतर्फ धकेले।

यस जितसँगै लुइस एनरिकको प्रशिक्षणमा पीएसजीले आफ्नो १०औं उपाधि जितेको छ। सन् २०२३ जुलाईमा जिम्मेवारी सम्हालेका स्पेनी प्रशिक्षक एनरिकको नेतृत्वमा पीएसजीले दुई–दुई लिग र फ्रेन्च कप जितिसकेको छ।

क्लबको बहुप्रतीक्षित च्याम्पियन्स लिग पनि आफ्नो नाममा लेखाएको छ। फ्रेन्च सुपर कप पीएसजीले हालसम्म तीन पटक जितेको छ, जसमा यो लगातार तेस्रो उपाधि हो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका