एपीएफको संघर्षपूर्ण सुरुआत
आइतबार, ०४ माघ २०८२खेलपाटी संवाददाता
-1768735373267.jpeg&w=3840&q=75)
काठमाडौं। खेमराज श्रेष्ठको आत्मघाती गोलसँगै एपीएफले राष्ट्रिय लिगमा संघर्षपूर्ण सुरुआत गरेको छ।
च्यासल स्टेडियममा आइतबार सम्पन्न खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई १–० ले हराएको हो। जितसँगे एपीएफले ३ अंक जोडेको छ।
फ्रेन्ड्सको भने यो पहिलो हार हो। यसअघि काँक्रेविहार क्लबलाई ३–१ ले पाखा लगाएको थियो।
खेलको २५औं मिनेटमा खेमराजले आत्मघाती गोल गर्न पुगेका थिए। सोही गोल नै खेलमा निर्णायक बन्यो।
जारी लिगमा यो उनको दोस्रो आत्मघाती गोल हो। यसअघि उनले काँक्रेविहारविरुद्धको ३–१ को जित पनि आत्मघाती गोल गरेका थिए।













-1775576795965.jpeg&w=3840&q=75)