रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन
नेपालगञ्ज । पश्चिम नेपालको शहर नेपालगञ्जमा आयोजना भएको गोलफेस्ट फुटसल प्रतियोगिताको उपाधि कोहलपुरको रेसिङ सहारा क्लबले जितेको छ ।
बाँकेको नेपालगञ्जमा शनिबरा सम्पन्न प्रतियोगितामा रेसिङ सहारा च्याम्पियन भएको हो ।
१६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा मानवी एफसी र रेसिङ सहारा क्लब कोहलपुर भिडेका थिए ।
फाइनल खेल रेसिङ सहाराले २ १ ले जितेको हो ।
खेलकुदलाई पर्यटन र मनोरञ्जनसँग जोड्ने उद्धेश्यले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका खेलाडीलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको आयोजक ईश्वरी युनाइटेडका अध्यक्ष सौगात विक्रम शाहले बताए ।
कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्ण आचार्यको उपस्थिति रहेको थियो । आचार्यका अनुसार यस्ता खालका प्रतियोगिताले खेलाडीलाई मनोबल बढाएर ठूला ठूला प्रतियोगितामा अगाडि बढ्न अवसर प्रदान गर्ने बताए ।
कार्यक्रममा नेपालगञ्ज न्युरो अस्पतालका डा जोशन न्यौपाने, गोर्खा युनाईटेडका कर्ण बस्नेत, ब्राइटल्याण्ड स्कुलका भाइस प्रिन्सिपल राजा तिमिल्सिना, किसान इट्टा उद्योगका अध्यक्ष राम खत्री, कोहलपुर नगरपालिका खेलकुद विकास समिति संयोजक चक्र चिमाला क्षेत्री लगायतले खेलाडीलाई बधाई तथा पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा विजेताले ७५ हजार तथा उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले, उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्ताले टफ्री र नगद प्राप्त गरेका थिए ।












-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)
