विभागीय डर्बीमा पुलिसको जित, फाइनल सम्भावना कायमै

हिमालयन मनोज, पोखरा। विभागीय डर्बीमा सहज जित निकाल्दै नेपाल पुलिस क्लबले छैटौं टाइगर कप भलिबल प्रतियोगिताको फाइनल सम्भावना कायम राखेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार सम्पन्न खेलमा पुलिसले अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको हो।
खेलको सुरुआतदेखि नै दबाबमा राखेको पुलिसले पहिलो सेट २५–१६ ले जित्यो। त्यसपछिका दुई सेटमा २५–१३ र २५–१९ को सहज जित हात पार्दै आफ्नो सम्भावना कायम राख्यो।
जितसँगै पुलिसले चार खेलबाट ७ अंक पुर्याएको छ। एक खेल कम खेलेको न्यु डायमन्ड स्पोर्ट्स क्लबले ९ अंकसहित फाइनलमा स्थान बनाउँदा थाइल्यान्ड क्विन्स पनि दौडमा छ। ६ अंक रहेको थाइल्यान्डले न्यु डायमन्डलाई पराजित गर्न सके फाइनलमा स्थान पक्का गर्नेछ।
यी दुई टोली केही बेरपछि भिड्दैछन्। त्रिभुवन आर्मी क्लब जितविहीन रहँदै बाहिरिँदा एपीएफले भने तेस्रो स्थानका लागि खेल्ने पक्का भएको छ। एपीएफको चार खेलबाट ५ अंक छ।






-1773230362276.jpg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)