टाइगर कपको फाइनलमा न्यु डायमन्ड र पुलिस भिड्ने

हिमालयन मनोज, पोखरा। महिलातर्फ छैटौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधिका लागि न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन्।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार लिग चरणको अन्तिम खेलमा न्यु डायमन्डले पाहुना टोली थाइल्यान्ड क्विन्सलाई ३–० ले पराजित गरेसँगै फाइनल खेल्ने टोली टुंगो लागेको हो।
रोमाञ्चक खेलको पहिलो सेट न्यु डायमन्डले २५–२१ ले आफ्नो पक्षमा पार्यो। त्यसपछिका दुई सेटमा न्यु डायमन्डले २५–२३ र २५–२० को जित हात पार्यो।
लिग चरणमा अपराजित रहने न्यु डायमन्ड एक्लो टोली हो। एक सेट पनि नगुमाएको न्यु डायमन्डले चार खेलबाट १२ अंक जोड्यो।
न्यु डायमन्डको जितसँगै पुलिसको फाइनल यात्रा पनि सुरक्षित भएको छ। पुलिसले बुधबार नै सम्पन्न खेलमा विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो।
खेलको सुरुआतदेखि नै दबाबमा राखेको पुलिसले पहिलो सेट २५–१६ ले जित्यो। त्यसपछिका दुई सेटमा २५–१३ र २५–१९ को सहज जित हात पार्यो।
जितसँगै पुलिसले चार खेलबाट ७ अंक पुर्याउँदै फाइनलमा आफ्नो स्थान पक्का गर्यो। लिग चरणमा न्यु डायमन्डले पुलिसलाई ३–० को सोझो सेटमा हराएको थियो। थाइल्यान्ड क्विन्सले भने ६ अंक मात्र पुर्याउन सक्यो।
त्रिभुवन आर्मी क्लब जितविहीन रहँदै बाहिरिँदा एपीएफले भने तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्ससँग खेल्ने पक्का भएको छ। एपीएफको चार खेलबाट ५ अंक जोडेको थियो।






-1773230362276.jpg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)