निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने
बिहिबार, १५ माघ २०८२खेलपाटी संवाददाता

पोखरा। विभागीय टोली एपीएफ क्लबकी स्पाइकर निरुता ठगुन्नाले छैटौं टाइगर कपअन्तर्गत थाइल्यान्ड क्विन्सवविरुद्धको खेल गुमाउने भएकी छन्।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार एपीएफले तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्सलाई चुनौती प्रस्तुत गर्दैछ। तर, एपीएफबाट प्रभावशाली प्रदर्शन गर्दै आएकी निरुता भने हुने छैनन्।
बुधबार सम्पन्न विभागीय डर्बीमा नेपाल पुलिस क्लबविरुद्धको खेलमा स्पाइक प्रहार गर्नेक्रममा उनी घाइते हुन पुगेकी थिइन्। उनको खुट्टामा चोट लागेको थियो। चोटिल खुट्टामा बेन्डेज लाइएकाले उनलाई प्रतियोगिताको अन्तिम खेलमा आराम दिइएको हो।






-1773230362276.jpg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)