एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो
बिहिबार, १५ माघ २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, पोखरा। विभागीय टोली एपीएफ क्लबलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स छैटौं टाइगर कप भलिबल प्रतियोगितामा तेस्रो भएको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार सम्पन्न खेलमा थाइल्यान्ड क्विन्सले ३–२ को रोमाञ्चक जित हात पारेको हो।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा एपीएफले २५–२३ को जित निकालेको थियो। त्यसपछि पाहुना टोलीले कमब्याक गर्दै लगातार दुई सेटमा जित हात पार्यो।
दोस्रो र तेस्रो सेट थाइल्यान्डले क्रमश: २५–११ र २५–९ ले सहजै आफ्नो पक्षमा पार्दै २–१ को अग्रता लियो।
तर, चौथो सेटमा एपीएफले पुनरागमन गर्दै २५–२३ को जित हात पारेपछि खेल पाँचौं सेटमा धकेलियो। निर्णायक सेटम थाइल्यान्ड क्विन्सले १५–११ को जित हात पार्दै तेस्रो स्थान सुनिश्चित गर्यो।






-1773230362276.jpg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)