पुलिसको फाइनल पुग्ने सम्भावना कायमै
बिहिबार, १५ माघ २०८२खेलपाटी संवाददाता

पोखरा। विभागीय टोली नेपाल पुलिस क्लबले छैटौं टाइगर कप भलिबल प्रतियोगितामा फाइनल पुग्ने सम्भावना कायमै राखेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार पुलिसले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्यो।
५ खेलबाट पुलिसले १० अंक जोडेको छ। समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन्। गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन्।
कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन्। उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ।






-1773230362276.jpg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)