अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली
शुक्रबार, १६ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङ एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो भएकी छन्।
अस्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस तेस्रो स्थानको लागि शुक्रबार भएको खेलमा शिभाली जापानी खेलाडी आयोइ योसिदासँग सोझो सेटमा पराजित भएकी हुन्।
मेलवर्न पार्क-वेर्स्ट कोर्ट १५ मा शिभालीमा ६–२, ६–३ ले पराजित भइन्। समूह चरणमा शिभालीले चीनकी जिन्यु झाउलाई प्रतिस्पर्धात्मक खेलमा २–१ सेटले पराजित गर्दै विजयी सुरुआत गरेकी थिइन्। दोस्रो खेलमा भने भारतकी जेन्सी कनाबारसँग २–० को सेटमा पराजित भइन् ।
तर. तेस्रो खेलमा घरेलु खेलाडी जसलिन केलाई सोझो सेटमा पराजित गर्दै उनी सेमिफाइनलमा पुगेकी थिइन्।
बिहीबार भएको सेमिफाइनलमा शिभाली घरेलु खेलाडी मुसेम्मा सिलेकसँग सोझो सेटमा पराजित हुँदा फाइनल पुग्न चुकेकी थिइन्।









-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)