सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

काठमाडौं। सलिना श्रेष्ठ, सुमित्रा रेग्मी र मिना सुनारले विभागीय टोली पुलिस क्लबबाट काभा महिला लिग खेल्ने भएका छन्।
सात राष्ट्रका शीर्ष क्लबले सहभागिता जनाउने लिग बुधबारबाट सुरु हुनेछ। प्रतियोगितामा नेपालबाट पुलिस क्लबले खेल्न लागेको हो। पुलिसले यसपल्ट न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबबाट लिबेरो सलिनासहित ब्लकर सुमित्रा रेग्मीलाई भित्र्याएको हो।
यो दुईले यस वर्ष न्यु डायमन्डलाई नवौं एनभीए कप, शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता र गत शनिबार टाइगर कपको उपाधि दिलाएका थिए। एभरेस्ट भलिबल क्लबकी ब्लकर मिनाले भने टाइगर कपमा पुलिसबाट नै खेलेकी थिइन्।
यसअघि उनले शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता भने एपीएफ क्लबबाट खेलेकी थिइन्। पुलिसले बिहीबार उज्बेकिस्तानको हुमो भलिबल क्लब क्लबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।






-1773230362276.jpg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)