‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने
-1771850031377.png&w=3840&q=75)
काठमाडौं। एक्सट्रिम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा आर्थिक सहयोग गर्ने भएको छ।
‘साम्बा’ले सोमबार सामाजिक सञ्जालमार्फत घुँडाको चोटको शल्यक्रिया गर्न आर्थिक सहयोग अपिल गरेकी थिइन्। लगत्तै एक्सट्रिमले ५ लाख रुपैयाँ दिने घोषणा गरेको हो।
न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स फुटबल क्लबबाट खेल्दा उनले चोट बोकेकी थिइन्। पछिल्लो सात हप्तादेखि मैदान बाहिर रहेकी उनले आफ्नो घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर समस्या देखिएको जानकारी दिएकी छन्। चिकित्सकले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन्।
यसअघि साम्बाले यही चोटको उपचारमा कतारमा गराएकी थिइन्। त्यतिखेर अखिल नेपाल फुटबल संघ (एन्फा)बाट पूर्ण व्यवस्थापन र सहयोग प्राप्त भएको थियो। तर, यसपटक भने वाचा अनुसार सहयोग नपाएको गुनासो गरेकी छन्।







-1767006224106.jpeg&w=3840&q=75)


-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)