बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

बिहिबार, ०५ चैत्र २०८२खेलपाटी संवाददाता
एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव
Loading ad...
mustang rice ad

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्वाचन र खेलाडीको श्रम स्वीकृतिमा चासो राखेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) मा हलचल मच्चिएको छ।

राखेपले लगातार पत्र काट्दै एन्फाको आगामी साधारण सभा तथा निर्वाचन प्रक्रिया स्थगित गर्न र राष्ट्रिय लिगमा श्रम स्वीकृति नलिई विदेशी खेलाडी नखेलाउन पत्र काटेपछि एन्फामा हलचल मच्चिन थालेको हो।

राखेपको संघ–संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले गत सोमबार एन्फालाई पत्र पठाउँदै परिषद्को स्वीकृतिबिना साधारण सभा (अर्डिनरी कंग्रेस) र निर्वाचनसम्बन्धी सम्पूर्ण काम तत्काल रोक्न निर्देशन दिएका थिए। तर, एन्फाले निर्वाचन प्रक्रिया नरोकेपछि राखेपभित्र असन्तुष्टि बढेको थियो। लगत्तै एन्फाले उक्त पत्र फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी)लाई पठाएको थियो।

WhatsApp Image 2026-03-19 at 2.35.10 PM (1)

एन्फा स्रोतका अनुसार फिफा र एएफसीले जवाफ पठाइसकेको छ। तर, राखेप भने टसको मस नभएपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको दौडधुप बढेको छ। राखेपका अनुसार मंगलबार अध्यक्ष नेम्वाङले कार्यबहाक सदस्य सचिव रामचित्र मल्होत्रासँग भेट गरेका थिए।

‘उहाँले आधा घन्टा भेट गर्नुभएको थियो। निर्वाचन लगायत विषयमा कुरा भएको थियो,’ राखेप स्रोतले भन्यो। राखेपले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ (ग) तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ (ङ) अनुसार परिषद्को स्वीकृतिबिना कुनै पनि राष्ट्रिय खेलकुद संघले साधारण सभा तथा निर्वाचन गर्न नपाउने स्पष्ट व्यवस्था रहेको स्मरण गराएको छ।

यसअघि पनि राखेपले एन्फालाई प्रचलित कानुनअनुसार साधारण सभा सञ्चालन गर्न ११ बुँदे निर्देशन पठाएको थियो। तर, ती निर्देशनको पालना नगरी एन्फाले निर्वाचन तालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएको भन्दै एन्फाकै उपाध्यक्ष विराटजंघ शाही र केन्द्रीय सदस्य रुपेश अधिकारीले राखेपमा उजुरी दिएका थिए।

WhatsApp Image 2026-03-19 at 2.35.09 PM

एन्फाले भने माघ २८ गते आगामी चार वर्षे कार्यकालका लागि निर्वाचन गर्ने भन्दै पहिलो तालिका सार्वजनिक गरेको थियो। निर्वाचन आचारसंहिताका कारण उक्त तालिका सरेपछि २२ फागुनमा पुनः नयाँ तालिका जारी गर्दै १३ चैतमा निर्वाचन गर्ने तयारी गरेको छ। निर्वाचन समितिले उजुरी तथा दाबी–विरोधको सुनुवाइपछि उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

तर, राखेपको भनाइमा एन्फाले परिषद्को निर्देशनलाई अटेर गर्दै प्रक्रिया अघि बढाउँदा कानुनी जटिलता थपिएको छ। राखेपका एक पदाधिकारीका अनुसार यदि एन्फाले परिषद्को निर्देशन नमानेर निर्वाचन गराउने प्रयास गरे ‘तदर्थ कमिटी’ गठनसम्मको कदम चाल्न सकिने चेतावनी दिइएको छ।

अध्यक्ष र महासचिवले राखेप सचिव भेट्न डेढ घन्टा कुरे

बिहीबार अध्यक्ष नेम्वाङसँगै महासचिव किरण राई पनि राखेप पुगेका थिए। स्रोतका अनुसार सदस्य सचिव मल्होत्रा व्यस्त भएपछि कुरा गर्न करिब डेढ घन्टा कुरेका थिए। ‘उहाँले डेढ घन्टा कुर्नु भयो। तर, समय भने आधा घन्टा जित पाउनु भयो,’ राखेप स्रोतले भन्यो। उनीहरू एन्फा कै गाडिमा राखेप प्रवेश गरेका थिए।

WhatsApp Image 2026-03-19 at 2.35.11 PM

राखेपले आइतबार एन्फासँग श्रम स्वीकृती नलिई राष्ट्रिय लिग खेलिरहेका विदेशी खेलाडीहरूको विवरण माग गरेको थियो। राखेपले सञ्चालनमा भइरहेको राष्ट्रिय लिगमा सहभागी केही विदेशी खेलाडीहरूले श्रम स्वीकृती/इजाजत नलिई खेलिरहेको भन्ने उजुरी प्राप्त भएको जनाएको छ।

उजुरीअनुसार विदेशी खेलाडीहरू पर्यटक भिसामा नेपाल आएर प्रतियोगितामा खेलिरहेको र उनीहरूलाई श्रम स्वीकृतीबिना खेलाएको हुन सक्ने आशंका गरिएको पत्रमा उल्लेख छ।

राष्ट्रिय लिगमा १७ वटा टिमहरू सहभागिता रहेकोमा सहभागी टिमले विदेशी खेलाडीहरूलाई श्रम स्वीकृती / इजाजत नलिई पर्यटक भिषामा खेल खेलाइरहेकोले छानबिन गरी कारबाही गरि पाँऊ भन्ने समेतको व्योहोराका उजुरी सम्बन्ध आएको छ,’ राखेप संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले काटेको पत्रमा भनिएको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट प्राप्त जानकारीका आधारमा राखेपले एन्फासँग यसबारे स्पष्ट विवरण माग गरेको हो। श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार श्रम स्वीकृती नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने व्यवस्था रहेको राखेपले स्मरण गराएको छ। विभागले बिहीबार नै एन्फालाई श्रम स्वीकृतीविना पर्यटक भिसामा नेपाल आएकालाई नखेलाउन निर्देशन दिइसकेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो

अकल्पनीय इटाली

अकल्पनीय इटाली

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा