मधेशलाई सामान्य लक्ष्य
बुधबार, ११ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेशलाई १६१ रनको लक्ष्य दिएको छ।
नारायणी क्रिकेट मैदान वीरगन्जमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनाएको हो।
सुदूरपश्चिमका अभिषेक पालले ३३ रन बनाउँदै टोलीलाई मध्यम सुरुआत दिलाए। किरण ठगुन्ना र नारायण जोशीले समान २३–२३ रनको योगदान दिए भने अन्तिमतिर अशोक धामी १९ रनमा अविजित रहे।
मधेशका अरनिको यादवले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। प्रदीप पासवानले २ विकेट लिँदा रुपेश सिंह, मोहम्मद आदिल आलम, आशिक बैठा र पवन सर्राफले समान १–१ विकेट हात पारे।











-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)