साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले आगामी साफ महिला च्याम्पियनसिप २०२६ का लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।
प्रारम्भिक बन्द प्रशिक्षण प्रशिक्षण अप्रिल २७ देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने तय भएको छ।
यो प्रतियोगिता मे २५ देखि जुन ७ सम्म भारतको गोवास्थित फातोर्दा रंगशालामा आयोजना हुनेछ। प्रतियोगितामा प्रायः उपविजेता बन्दै आएको नेपालले न्यौपानेको नेतृत्वमा पहिलो पटक उपाधि जित्ने लक्ष्य राखेको छ।
प्रारम्भिक टोली:
अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, बिमला बिक, बिमला चौधरी, बिर्सना चौधरी, दीपा शाही, गीता राना, हीराकुमारी भुजेल, जेनीफर राना, मानमाया दमाई, मीना देउवा, नेहाकुमारी चौधरी, निशा ठोकर, पुनम चेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मिकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सविना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, सिलु परियार, सुकृया मिया, सुशिलाकुमारी र उषा नाथ।










-1776739058950.jpeg&w=3840&q=75)
-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)