सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौं। जागुआर प्लाइको ब्रान्ड एम्बेसडरमा नेपाली क्रिकेट टोलीका पेसर सोमपाल कामी नियुक्त भएका छन्।
श्री गणेश प्लाइउड प्रालीअन्तर्गत जागुआर प्लाइ सञ्चालित छ। यस सहकार्यअन्तर्गत कामीले डिजिटल क्याम्पेन, ब्रान्ड प्रमोशन, डिलर इन्गेजमेन्ट कार्यक्रम तथा देशव्यापी विज्ञापनमार्फत जागुआर प्लाइको प्रतिनिधित्व गर्नेछन्। यसले निर्माण व्यवसायी, ठेकेदार, आर्किटेक्ट, डिलर तथा आम उपभोक्तासँग ब्रान्डको सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
‘जागुआर प्लाइसँग आबद्ध हुन पाउँदा म गर्व महसुस गर्दछु। यो ब्रान्डले मजबुती, गुणस्तर र विश्वासको प्रतिनिधित्व गर्छ। म यस ब्रान्डको विकासमा योगदान दिन र नेपालभरका उपभोक्तासँग जोडिन उत्साहित छु,’ कामीले भने।
जागुआर प्लाइले शटरिङ प्लाइउड, कमर्शियल प्लाइउड, फ्लस डोर तथा अन्य काठजन्य प्यानल उत्पादनमार्फत बजारमा आफ्नो बलियो पहिचान बनाएको छ। कम्पनीले नेपालका प्रमुख शहरहरूमा आफ्नो डिलर सञ्जाल विस्तार गर्दै आएको छ र गुणस्तरीय उत्पादनमार्फत ग्राहकहरूको विश्वास जित्दै आएको छ।






-1771850031377.png&w=3840&q=75)








