शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

ग्राउण्ड रिपोर्ट : पूर्वाधार बन्दै, खेल हुँदै

शुक्रबार, २९ चैत्र २०७५हिम बिक्रम केसी
ग्राउण्ड रिपोर्ट : पूर्वाधार बन्दै, खेल हुँदै
Classic Tech Internet Ad

नेपालगञ्ज । बिहिबार मध्यान्न नेपालगञ्ज रंगशाला परिसरमा छिर्दा मुलबाटो पक्की बनाउने काम अन्तिम चरणमा थियो । अलकत्रा बिछ्याउने काम सकिएको थियो । कामदारहरु चर्को घाममा सुस्ताई रहेका थिए ।

नेपालगञ्ज रंगशालाले यतिबेला धेरैको ध्यान खिचेको छ । यही रंगशालामा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन हुनेछ । पुर्वाधारको हिसावले सरकारले नेपालगञ्ज रंगशालाको पुर्ननिर्माणमा ठुलो धनराशी खर्च गरेको छ । तर उद्घाटनको दिनसम्म रंगशालाको प्याराफिट निर्माणले पुर्णता पाउँछ वा पाउदैन निर्माणमा संलग्न ईन्जिनियर समेत अनविज्ञ छन् ।

‘उद्घाटनको दिनसम्म प्याराफिट निर्माण गरिसक्ने लक्ष्य छ । तर कामको गति हेर्दा भन्न सकिने अवस्था छैन ।’ निर्माण स्थलमा भेटिएका एक ईन्जियरले भने, ‘नत्र अस्थायी प्याराफिट बनाएर भएपनि उद्घाटन गर्नपर्छ । समापनसम्म प्याराफिट जडानको काम सकिनेछ ।’

प्याराफिट निर्माणको सामान चैत १८ गतेसम्म आईपुग्ने कार्यतालिका थियो । तर सामान बोकेका कन्टेनर ढिला गरि नेपालगञ्ज आईपुगे । सामान २५ गते मात्र रंगशाला परिसरमा झरेका थिए । चीनियाँ ठेकेदार र कामदारहरु प्याराफिट निर्माणको काममा अनवरत रुपमा लागेका छन् । तर समयको चाप र कामको गतिले बैशाख ५ गतेभित्र प्याराफिट जडानले पुर्णता पाउन मुस्किल देखिन्छ ।

कामदारलाई अतिरिक्त ज्याला र सुविधा सहित दिउँसो र रातिको समयमा काम गर्न आग्रह नगरिएको होइन । तर उनीहरुले दुवै सत्रमा काम गर्न नसकिने बताएका छन् । सोही कारण भारतबाट कामदार ल्याएर प्याराफिट जडानको कामलाई दुई सत्रमा सञ्चालन गर्ने राष्ट्रिय खेलकुद परिषद् राखेपको तयारी छ ।

उद्घाटनको मुख्य केन्द्र नेपालगञ्ज रंगशालाको फुटबल मैदान तयारी अवस्थामा छ । मैदानमा ‘ट्रयाक’को आधारभुत काम सकिएको छ । साधारण प्याराफिट समेत बनिसकेको छ ।

चर्चामा आएको भीआईपी प्याराफिटको आधार र जग बनिसकेको अवस्था छ । भीआईपीतर्फको छाना हाल्ने काम सकिएको छ ।

प्रतियोगिता उद्घाटनको मिति जति नजिकिदै छ, पुर्वाधार निर्माणको काम जोडतोडले अघि बढेको देखिन्छ । मैदानमा खटिएका ठेकेदार र ईन्जिनियरलाई खाने फुर्सद छैन, कामदारलाई समेत सुस्ताउने समय देखिदैन ।

रंगशालाको प्याराफिट मात्र होइन, पौडी पोखरीको पुर्वाधार निर्माणको अवस्था समेत उस्तै छ । पौडी पोखरीमा ‘टायल’ हाल्ने काम अन्तिम चरणमा पुगेको छ । सो काम सकिने बित्तिकै पोखरीमा पानी हाल्ने काम अघि बढ्ने निर्माण शाखाका ईन्जिनियर विश्वमित्र सञ्जेलले बताए ।

तर पौडी पोखरीमा खेल सामाग्री जडान र प्रशोधन प्लान्टको जडान कार्य प्रतियोगिता अघि सम्भव छैन । असार मसान्तसम्म सो काम सकिने ईन्जिनियर सञ्जेल बताउँछन् ।
पौडी पोखरीको प्याराफिट तयारी अवस्थामा छ । चेन्जिङ रुम बनिसकेको छ । कम्पाउण्ड वालबाट पोखरीलाई घेरिसकेको अवस्था छ । मुख्य कुरा, निर्माणाधिन पौडी पोखरीले प्रतियोगिता अगाडी अन्तराष्ट्रिय मापदण्ड पुरा गर्ने छैन ।

अझ भनौ, अन्तराष्ट्रिय मापदण्डका आधारमा खेलाडीले पौडी पोखरीमा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

पौडी पोखरी जस्तै सुटिङको समेत निर्माण कार्य अन्तिम चरणमा छ । बनेका पुर्वाधारको ‘फिनिसिङ’ गर्न बाँकी छ । लगत्तै सुटिङको खेल सामाग्री जडान कार्य अघि बढ्नेछ । अहिलेसम्म सुटिङको हल बनाउने र शैचालयको निर्माण कार्यले पुर्णता पाएको देखिन्छ ।

पुर्वाधार निर्माणसंगै आठौं राष्ट्रिय खेलकुद अन्तर्गतका विभिन्न खेलहरु सुरु भईसकेको छन् । रमाईलो कुरा, प्रतियोगिताको उद्घाटन अघिनै आधा बढी खेल सकिने छन् ।
बाँके नेपालगञ्जमा हक्की, फेन्सिङका खेलहरु जारी छ । शुक्रबारबाट बक्सिङको खेल सुरु भएको छ । बर्दियामा बुद्विचाल सुरु भएको छ ।

अन्य जिल्लामा समेत आठौंका खेलहरु धमाधम सञ्चालन भईरहेका छन् । दाङमा ब्याटमिन्टन र बास्केटबलका खेल सञ्चालन भईरहेका छन् । ललितपुरमा स्क्वासको खेल अन्तिम चरणमा पुगेको छ ।

 

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

Bajaj Pulsar Motorcycle Ad
पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य