शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

गर्मीको चुनौती अनि व्यवस्थापनको सिकार

शनिबार, ३० चैत्र २०७५नमीन ढकाल
गर्मीको चुनौती अनि व्यवस्थापनको सिकार
Classic Tech Internet Ad

नेपालगञ्ज । फेन्सिङको खेल चलिरहेको थियो । एक्कासी बत्ति गयो । दिउँसोको समयमा तापक्रम ३८ डिग्रीमाथि चढेको थियो । बत्तिको समस्या आएपछि खेल रोकियो । खेलाडी असिन पसिन भए । कभर्डहल भित्रका खेलाडी सामान्य पंखाका अगाडी बसेर गर्मी छल्ने प्रयास गरे । हावा हप्किन कोही भने कपडा र क्यापको साहारा लिदै थिए ।

उसैपनि फेन्सिङको कपडा बाक्लो हुन्छ । गर्मीमा खेल्न अझै गाह्रो हुन्छ । तर बेला बेलामा बत्तिमा आउने समस्याले खेलाडीलाई थप सास्ती ब्यहोर्नु परेको छ ।

‘समयमानै खेल भएको भए गर्मीमा बसिरहनु पर्दैन थियो । गर्मीको बाबजुद खेल्दा धेरै गाह्रो हुन्छ ।’ आठौं राष्ट्रिय खेलकुदमा फेन्सिङमा पहिलो स्वर्ण जितेका जलेन्द्र शाहीले भने, ‘खेललाई बिचमा रोकर बस्नुपर्दा, बाक्लो कपडा हुन्छ । बस्न निकै कठिन हुन्छ ।’

विभागीय टिम आर्मीमा आबद्व शाहीले भने, ‘खेल्दा निकै बाक्लो कपडा लगाउनु पर्छ, गर्मी निकै बढिसेकेको छ । निकै ‘टाईट’ लुगा लगाएर रोकिएर बस्दा धेरै गाह्रो हुन्छ ।’

‘गर्मीको बावजुद खेल्दा कम्तीमा एसीको व्यवस्था हुन पर्ने हो । त्यो समेत छैन । ईन्डोरमा केही पनि व्यवस्थापन नगरि खेल खेलाईएको छ ।’ उनी थप्छन्, ‘मैले बाहिर गएर समेत खेलेको छु । बाहिरको जस्तो सुविधा नेपालमा नहोला, तर सामान्य पुर्वाधार तयार पार्न सकिन्थ्यो होला ।’

फन्सिङमा स्वर्ण जितेका शाहीले राष्ट्रको प्रतिनिधित्व गर्दै विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका छन् । उनले सन् २०१८ मा इन्डोनेशियामा भएको एसियन गेममा पनि नेपालको प्रतिनिधित्व गरेका थिए ।

हङकङमा भएको प्रतियोगितामा पनि उनले नेपालको प्रतिनिधित्व गरेका थिए । २०६० सालमा विभागमा जागिर सुरु गरेका बाजुराका शाहीले २०७२ बाट फेन्सिङमा आर्मीको प्रतिनिधित्व गर्दै आइरहेका छन् ।

आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन २०७६ साल बैशाख ५ गते राखिएको छ । तर खेलहरु चैत २७ गतेबाटै सुरु भएका छन् । पहिलो दिनबाट खेलाउन सुरु गरिएको फेन्सिङमा चार प्रदेश र तीन विभागीय टिमका खेलाडीको सहभागिता छ ।

फेन्सिङका खेल बिहानदेखि बेलुकासम्म सञ्चालन हुने गरेको छ । बिहान २४ डिग्रीको तापक्रममा सहभागि हुने खेलाडीले बेलुका ३९ डिग्री सम्मको तापक्रमको सामना गर्नु परिरहेको छ ।

प्रतियोगिता अगाडी राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्टले २५ डिग्री भन्दा माथिको तापक्रममा खेल नखेलाउने बताएका थिए ।

तर खेलाडीहरु असिन पसिन हुँदै आठौं राष्ट्रिय खेलकुदमा खेल कौशलको परिक्षा दिन बाध्य छन् । अझ खेलाडीहरु आयोजकको फितलो व्यवस्थापनको सिकार समेत बन्नु परेको छ ।

आठौं राष्ट्रिय खेलकुदमा सहभागि खेलाडीलाई मुख्य चुनौती प्रतिद्वन्दी खेलाडी भन्दा गर्मीले दिईरहेको छ । गर्मीकै कारण स्वभाविक खेल खेल्न निकै गाह्रो परेको खेलाडीको गुनासो छ । गण्डकी प्रदेशबाट भखरै एसइइ परिक्षा सकेर नेपालगञ्ज आएकी दिपिशा गुरुङ समेत गर्मीकै कारण खेल्न निकै गाह्रो भएको बताउँछिन् ।

‘दुई दिन मात्रै भयो नेपालगञ्ज आएको, तर यहाँ निकै गर्मी छ । स्वभाविक खेल खेल्न निकै गाह्रो भएको छ ।’ उनले भनिन् ।

पोखरानै घर भएका दिपेश गुरुङ पनि गर्मीका कारण खेल्न गाह्रो भएको मान्छन् ।

प्रतियोगितामा पहिलो चरणबाटै बाहिरिएका उनी भन्छन्, ‘हारेपछि गर्मीलाई दोष दिन त मिल्दैन । तर गर्मी अत्याधिक भएर खेल्न निकै गाह्रो भएको छ । सोचे अनुसारको खेल देखाउन सकिएन ।’

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य