पुलिसलाई पुरुष भलिबलमा स्वर्ण
बुधबार, ११ बैशाख २०७६खेलपाटी संवाददाता

फाइल फाेटाे
बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा पुलिसले स्वर्ण जितेको छ ।
बाँकेको खजुरस्थित भलिबल एकेडेमीमा भएको उपाधि भिडन्तमा पुलिसले आर्मीलाई हराएको हो ।
पहिलो सेट २५–१८ ले जितेको पुलिसले दोस्रो सेट २३–२५ ले गुमाएको थियो ।
त्यसपछि पुलिसले लगातार दुई सेट २५–२० र २५–१८ ले जित्दै उपाधि पोल्टामा पारेको हो ।
महिला भलिबलको स्वर्ण भने अर्को विभागीय टिम एपीएफले जितेको छ ।
बिहानै तेस्राे स्थानका लागि भएकाे खेलमा एपीएफ विजयी बन्याे । उनले गण्डकी प्रदेशलाई ३-२ काे सेटमा पराजित गर्याे ।
सुरुवाती दुई सेट गुमाएको एपीएफले खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेकाे हाे ।






-1773230362276.jpg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)