पुरुष फुटबलमा एपीएफलाई काँस्य
बुधबार, ११ बैशाख २०७६खेलपाटी संवाददाता

बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टिम एपीएफ तेस्रो बनेको हो । नेपालगञ्ज रंगशालामा बुधबार भएको खेलमा एपीएफले घरेलु टोली प्रदेश ५ लाई ७–१ गोल अन्तरले हराउँदै काँस्य पदक जितेको हो ।
एपीएफको जितमा आशिष लामाले ह्याट्रिक गरे । ५० औ मिनेटमा पहिलो गोल गरेका उनले ५८ औ मिनेटमा दोस्रो र ८३ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । एपीएफका लागि थप गोल प्रविण स्याङ्तान, प्रदीप लामा र रमेश डंगोलले गोल गरे ।
नेपालगञ्जका लागि विनोद केसीले एक गोल गरेका थिए ।
राष्ट्रिय खेलकुदमा एपीएफ साविक विजेता हो । पुर्वाञ्चलमा भएको सातौ राष्ट्रिय खेलकुदमा एपीएफले फुटबलतर्फ स्वर्ण जितेका थिए ।






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
