पुरुष क्रिकेटमा एपीएफलाई स्वर्ण
बुधबार, ११ बैशाख २०७६खेलपाटी संवाददाता

बाँके । एपीएफ क्लबले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको छ ।
बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३२ रनले पराजित गर्दै एपीएफले स्वर्ण पदक जितेको हो ।
कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा एपीएफले दिएको १११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिसले २० ओभरमा ९ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो ।
पुरुष क्रिकेटमा आर्मीले कास्य पदक जित्यो । आर्मीले प्रदेश नं. १ लाई ६९ रनले हरायो ।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)
-1774972470258.webp&w=3840&q=75)