पुरुष क्रिकेटमा एपीएफलाई स्वर्ण
बुधबार, ११ बैशाख २०७६खेलपाटी संवाददाता

बाँके । एपीएफ क्लबले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको छ ।
बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३२ रनले पराजित गर्दै एपीएफले स्वर्ण पदक जितेको हो ।
कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा एपीएफले दिएको १११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिसले २० ओभरमा ९ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो ।
पुरुष क्रिकेटमा आर्मीले कास्य पदक जित्यो । आर्मीले प्रदेश नं. १ लाई ६९ रनले हरायो ।






-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)


-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
