निसर्ग टिम च्याम्पियन
आइतबार, ०८ असार २०७६खेलपाटी संवाददाता

काठमाडौं । निसर्ग स्कुल नवौं प्रमोद मेमोरियल कप उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन हुन सफल भएको छ ।
ओलम्पिक डे का अवसर पारेर लिटल एन्जल्स स्कुमा भएको पौडी प्रतियोगितामा निसर्गले ८८ अंक हात पार्दै च्याम्पियन्स ट्रफी उचालेको हो ।
दोश्रो स्थानमा लिंकन स्कुल रह्यो । उसले ५४ अंक हात पार्यो । तेश्रो स्थानमा आएको प्रिमियर ईन्टरनेशनल स्कुलले ४८ अंक हात पार्यो ।
बिजयी टिमलाई नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले ट्रफी प्रदान गरेका थिए ।









-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)