उपाधिमा गोर्खाली रग्बीको बलियो दाबेदारीता
शनिबार त्रिभुवन आर्मी क्लबलाई ३०-१० ले पराजित गर्दै गोर्खाली रग्बी प्रतियोगिताको उपाधिमा सबैभन्दा बलियो देखिएको हो ।
शनिबार त्रिभुवन आर्मी क्लबलाई ३०-१० ले पराजित गर्दै गोर्खाली रग्बी प्रतियोगिताको उपाधिमा सबैभन्दा बलियो देखिएको हो ।
शुक्रबार सम्पन्न परिषद्को बोर्ड बैठकले निर्वाचन नभएर लामो समयदेखि निष्कृय रहदै आएका ७ खेल संघको तदर्थ समिति गठन गरिएको छ ।
कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै सम्पन्न हुनुपर्ने माग सहित माओवादीका चार बोर्ड सदस्यले 'नोट अफ डिसेन्ट' लेखेका हुन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने भएको छ। प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न शुक्रबार राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बोलाइएको थियो।
शुक्रबार बिहान ११ बजे बोलाईएको बोर्ड बैठक अहिलेसम्म बस्न सकेको छैन, बैठकनै अन्यौलमा परेपछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ पहिलो साता आयोजना गर्ने सरकारको तयारीमा ‘ग्रहण’ लागेको छ ।
बाघचाल खेल कस्तो हुन्छ र कसरी खेलिन्छ भन्ने एकादेशका कथा जस्तै भइसक्यो। डन्डी बियो कसरी खेलिन्छ र यस खेलका नियम के के हुन भन्ने कुरा नि अहिलेका पुस्ताका धेरैले जानेकै छैनन्।
डिफेन्डिङ च्याम्पियन गोर्खाली रग्बी क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा बुधबार विजयी सुरुआत गरेका छन्।
बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको व्यवस्थापन र नेपाल अटोमोवाइल्स एसोसिएसनको संयोजनमा भएको प्रतियोगितामा चितवनमा पहिलोमा पटक महिला ड्राइभरहरु मात्र सहभागी थिए ।
पब्जी मोबाइल ग्लोबल ओपनमा नेपालको टिटुकेले चुनौती प्रस्तुत गर्ने भएको छ। उज्वेकिस्तानको तास्केन्टमा प्रतियोगिता अप्रिल १० देखि १४ तारिखसम्म हुने तय छ।
खेलकुद मन्त्री चौधरीले राखेपका बोर्ड सदस्यहरुको संयोजकत्वमा ११ वटा उपसमिति गठन गरेका हुन् ।
हिमालयन चेस एकेडेमीले कमनवेल्थ चेस च्याम्पियनसिप (सन् १९९९) को उपाधि विजेता इन्टरनेसनल मास्टर (आइएम) अतनु लहिरीलाई ल्याएर आइतबारदेखि विशेष प्रशिक्षण थालेको छ।
बागमती प्रदेश अल्पाइन स्पोर्ट्स फेडरेसनको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन्। फेडरेसनको प्रथम वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।