'मन्त्रालय राजनीतिक भर्तीकेन्द्र बन्यो, सुधार गर्दैछु'
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्ती केन्द्र बनेको भन्दै अहिले सुधार गरिरहेको बताएका छन्। इलाममा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन्।














