लिङकन टिम च्याम्पियन
आइतबार, १५ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । लिङकन स्कुल सातौं निसर्ग अन्तर स्कुल पौडी प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ ।
लिङकनले कुल १०१ अंक हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो ।
निसर्ग बाल बाटिका स्कुलको आयोजनामा भएको पौडी प्रतियोगितामा आयोजक ९० अंकका साथ दोश्रो र डिएभि स्कुल ४१ अंकका साथ तेश्रो भयो ।
प्रतियोगितामा लिङकन स्कलका छात्रा तर्फ ईसावेल मर्फी र छात्र तर्फ आदित्या सूर्या उत्कृष्ट खेलाडी घोषित भए ।
रविभवनस्थित निसर्ग स्कुलको आफ्नै पौडी पोखरीमा भएका प्रतियोगितामा विभिन्न स्कुलका करिव २०० खेलाडीहरुले ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।












-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
