राष्ट्रिय कीर्तिमानसहित गौरिकालाई रजत
शनिबार, २१ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले रजत पदक जितेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा शनिबार १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले राष्ट्रिय कीर्तिमानसहित रजत जितेकी हुन् ।
गौरिकाले यस अघि २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।
गौरिकाले १ मिनेट ३.१५ सेकेण्डको समय निकालिन् । यस स्पर्धामा १ मिनेट २.३५ मिनेटको समय निकाल्दै भारतकी मन्ना राजिब पटेलले स्वर्ण जितिन् ।
भारतकी रिधिमाले १ मिनेट ५.७२ सेकेण्डसहित कास्य जितिन् ।










-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)
