ब्याकस्ट्रोकमा स्वर्ण जित्न चुकिन् गौरिका
आइतबार, २२ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले रजत जितेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा रजत जितेकी हुन् ।
गौरिकाले आइतबार नै ४ मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन् ।
यस्तै महिला ८ सय मिटर फ्रिस्टाइल टिममा नेपालले कास्य जितेको छ । गौरिकासहित टिशा शाक्य, अनुशिया तन्डुकार र डुवाना लामा रहेको नेपाली टिमले ९ मिनेट ३.०४ सेकेण्डको समय निकाल्दै कास्य जितेका हुन् । यो नेपालको राष्ट्रिय कीर्तिमान समेत हो ।
यस स्पर्धामा भारतले स्वर्ण जित्दा श्रीलंकाले कास्य जित्यो ।










-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)
