सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

न्यु डाईमण्ड र पुलिसको जित

बिहिबार, २३ माघ २०७६गिता राई
न्यु डाईमण्ड र पुलिसको जित
Loading ad...
mustang rice ad

काठमाडौं । न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा जित निकालेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा बिहिबार न्यु डाईमण्डले चितवन टाइग्रेसलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

तीन इरानी खेलाडीसहित कोर्ट उत्रिएको चितवनमाथि न्यु डाईमण्डले २५-१५, २५-१७ र २५-१९ को सेटमा जित निकाल्यो । जितसँगै न्यु डाईमण्डले ७ खेलमा १५ अंक जोडेको छ । न्यु डाईमण्ड लिगको चौंथो स्थानमा रहेको छ ।

यस्तै पुलिसले चितवनलाई नै ३-० को सेटमा पराजित गर्यो । विभागीय टिम पुलिसले चितवनमाथि २५-१५,२५-१४ र २५-१४ को सेटमा पराजित गर्यो ।

जितसँगै पुलिसले ८ खेलमा २२ अंक जोडेको छ । पुलिस लिगको दोस्रो स्थानमा रहेको छ । छैटौं स्थानको चितवनले ७ खेलमा १० अंक जोडेको छ ।

अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई ३-० को सेटमा हराएको छ । आर्मीले चुलीलाई २५-१३, २५-१२ र २५-१० को सेटमा पराजित गर्यो ।

जितसँगै तेस्रो स्थानको आर्मीले ८ खेलमा १८ अंक जोडेको छ ।

बिहिबार पहिलो खेलमा आर्मीसँग पराजित चुलीले दोस्रो खेलमा सेब स्कुललाई हराएको छ । चुलीले सेबलाई २५-७, २०-२५, २५-११, १७-२५ र २५-६ को सेटमा हरायो ।

जितसँगै चुलीले ३ अंक जोडेको छ । अन्तिम खेलको जितसँगै चुली प्रतियोगिताबाट समेत बाहिरिएको छ । यस्तै सेब अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छन् । 

बुलबुले रारा क्लबले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सेटमा हराएको छ । बुलबुलेले ढोरपाटनमाथि २५-१७,२५-९ र २६-२६ ले हराएको छ । जितसँगै पाँचौं स्थानको बुलबुलेले ७ खेलमा १४ अंक जोडेको छ । ढोरपाटनको ८ खेलमा ९ अंक रहेको छ ।

त्यस्तै पारामाउन्ट स्कुल पनि प्रतियोगिताबाट बाहिरिएको छ । पारामाउन्टले ६ अंक जोड्यो  ।

तीन टिम चुली, सेब स्कुल र पारामाउन्ट बाहिरिएसँगै प्रतियोगिताको दोस्रो चरणमा पुग्ने ७ टोलीको टुंगो लागेको छ ।

१० टिम रहेको प्रतियोगिताको पहिलो चरणको लिगपछि शीर्ष ७ टिमले मात्र दोस्रो चरणमा स्थान बनाउने नियम रहेको छ । दोस्रो चरणको लिगपछि शीर्ष टिमले उपाधि जित्नेछ । 

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार, पाचौँ हुनेलाई ५५ हजार,छैठौं हुनेलाई ४५ हजार र सातौं हुने टिमलाई ३५ हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिनेछ ।

विधागततर्फ उत्कृष्ट हुनेले जनही ७/७ हजार पाउने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने

उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक