सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोरोनाबाट सचेत रहन भलिबल खेलाडीको आग्रह

बिहिबार, १३ चैत्र २०७६गिता राई
कोरोनाबाट सचेत रहन भलिबल खेलाडीको आग्रह
Loading ad...
mustang rice ad

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट जोगिन नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडीहरुले आग्रह गरेका छन् ।

राष्ट्रिय टिमका महिला तथा पुरुष खेलाडीले खेलपाटीसँग कुरा गर्दै कोरोनाको संक्रमणबाट जोगिन आग्रह गरेका हुन् ।

उनीहरुले सरकारको निर्देशन पालना गर्दै सुरक्षाको उपायहरु अपनाउन समेत आग्रह गरेका छन् ।

चीनबाट सुरु भएको कोरोना भाईरस विश्वभर फैलिएको छ । जसका कारण हजारौको ज्यान समेत गएको छ । लाखौ मानिसमा संक्रमण देखिएको छ ।

नेपालमा समेत ३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यसैले कोरोनाको संक्रमणबाट जोगिन सरस्वती चौधरी, प्रतिभा माली, धन बहादुर भट्ट र कुल बहादुर थापाले अनुरोध गरेका छन् ।

लकडाउनपछिको खेलाडीको दैनिकी र कोरोनाबाट जोगिन भलिबल खेलाडीको सुझाब उनीहरुकै शब्दमा ।

सरस्वती चौधरी (एपीएफ )

हाम्रो बिदा छैन । तर,कोरोनाको त्रासले घर बाहिर पनि निस्कन पाएको छैन । आफै सेल्फ ट्रेनिङमा बसेको छु ।

कोरोनाको भाईरसबाट जोगिन सरकारले भनेको कुराहरु पालना गर्नुहोस् । घर बाहिर ननिस्कनु । साबुन पानीले हात धुने गर्नुहोस् । सरसफाईमा ध्यान दिनुहोस् । सहज रहनु होस्।

कुल बहादुर थापा (पुलिस)

लकडाउन हुनु भन्दा एक दिन अगाडी घर (बुटवल) आएको छु । १५ दिन भएको छ घर बसेको किनकि जताततै कोरोनाको त्रास छ ।

ढाडको चोटले गर्दा प्रशिक्षण गर्न मिल्दैन त्यसैले आराम गरिरहेको छु । सबै खेल प्रेमी दर्शकहरुलाई आफ्नो ख्याल गर्न भन्न चाहन्छु । पहिलो कोरोना लाग्न नदिनु नै राम्रो हो । त्यसैले घरमै बस्नुहोस् । भेटघाट कम गर्नु होस् ।

प्रतिभा माली (न्यु डाइमण्ड)

मेरो लागि २ महिना भईसक्यो लकडाउन भएको । चोट बोकेपछि बेड रेस्टमा छु ।

अहिले घरमै सामान्य अभ्यास गर्ने गरेको छु । बैशाखी बिना हल्का हिड्न थालेको छु ।

कोरोनाको कारण धेरै चहलपहल छैन । सबै जना आफै सजग छन् । म पनि सजग छु । साबुन पानीले हात धुने गरेको छु ।

कोरोनाको औषधि बनेको छैन । त्यसैले यसको औषधि भनेकै घरमा बस्ने हो जस्तो लाग्छ ।

धन बहादुर भट्ट (आर्मी)

मेरो जमदारको बढुवाको लागि ट्रेनिङ थियो । तर, लकडाउनले अहिले रोकिएको छ । घरमै बसेको छु । बाहिर निस्किएको छैन । अफिसको छुट्टि छैन । अफिसले जति बेला फोन आउछ त्यसको आधा घण्टामा अफिस हाजिर हुनु भनेको छ ।

कोरोनाको संक्रमणबाट जोगिन बाहिर ननिस्की घरमै बस्नुहोस् । निस्कनु परे मास्क लगाएर निस्कनु होला । साबुन पानीले राम्ररी हात धुने गर्नुहोस् । आफ्नो ख्याल गर्नुहोस् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने

उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा