गौरिका र टिसा हिट चरणबाट बाहिरिए
सोमबार, ०४ भाद्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंह र टिसा शाक्य हिट चरणबाट बाहिरिएकी छिन् ।
सोमबार भएको महिला १०० मिटर फ्रीस्टाइलमा गौरिका र टिसाले हिट चरण पार गर्न सकेनन् ।
दक्षिण एसियाली खेलकुदमा रजत बिजेता तथा ओलम्पियन गौरिकाले हिट चरणमा १ मिनेट ०.८२ सेकेण्डको समय निकालिन । हिट चरणको दोस्रोमा रहेकी गौरिका छैटौं भईन् । २७ खेलाडी रहेको यो स्पर्धामा रियो ओलम्पिककी कान्छी खेलाडी गौरिका समग्रमा १८ औं स्थानमा रहिन् ।
यस्तै यसै स्पर्धामा टिसाले १ मिनेट ०३.९६ सेकेण्डको समय निकालिन । चौथो हिटमा रहेको टिसा अन्तिममा रहिन् । समग्रमा टिसा २२ औं स्थानमा रहिन् ।











-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)