मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

भीम च्याम्पियन

आइतबार, २५ जेठ २०७७खेलपाटी संवाददाता
भीम च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । प्रदेश नम्बर–३ रामेछापका भीमबहादुर तामाङ प्रथम खुला अनलाइन तेक्वान्दो आइटिएफ च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् ।

रोल्पा आइटिएफ तेक्वान्दो संघको आयोजनामा शनिबार सम्पन्न च्याम्पियनसिपमा भीमबहादुर प्याटर्नतर्फ च्याम्पियन भएका हुन् । गण्डकी प्रदेश बाग्लुङका लभिस पुन दोस्रो स्थानमा सीमिति भए ।

बाग्लुङकै प्रवीण बुढामगर तेस्रो स्थानमा सीमित भए । पाँच पक्ष राखिएको प्याटर्न निर्धारणमा कुल ३४ स्कोर रहेको थियो । जसमध्ये भीमबहादुरले २८ अंक, लभिसले २६ अंक र प्रवीणले २५ अंक प्राप्त गरे ।

च्याम्पियनसिपमा नेपाल आइटिएफ महासंघका रेफ्री चेयरमेन प्रवीणकुमार कार्कीको नेतृत्वमा सात सदस्य राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रेफ्रीहरूले महासंघ र जिल्ला संघको सहकार्यमा खेलाडीले पठाएको भिडियोको मुल्यांकन गरी भिडियो कन्फ्रेरेन्समार्फत नतिजा सार्वजनिक गरिएको प्रतियोगिता संयोजक र रोल्पा आइटिएफका अध्यक्ष विक्रम बाठामगरले जानकारी दिए । प्रतियोगितामा देशभरबाट कुल ६३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

महासंघका अध्यक्ष अन्जन धमलाले महामारीको समयमा अनलाइन च्याम्पियनसिपको अवधारणले खेलाडीहरूमा थप आत्मविश्वास बढाउनुका साथै खेल विकासमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे । पछिल्लो समयमा कोरोना भाइरसको महामारी बढिरहेको अवस्था खेलाडलाई क्रियाशील बनाउने उद्देश्यस्वरूप अनलाइन च्याम्पियनसिप सञ्चालन गरिएको विक्रम बाठामगरले जानकारी दिए ।

‘यो महामारीका कारण खेलकुदका सबै गतिविधि रोकिएका छन्,’विक्रमले भने, ‘यस्तो अवस्थामा खेलाडीलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ, तन्दुरुस्त र क्रियाशील बनाउन यस किसिमका प्रतियोगिताले मद्दत गर्दछ ।’ च्याम्पियनसिपमा पहिलो भएका भीमबहादुरले ८ हजार, दोस्रो स्थानका लभिसले ६००० हजार र तेस्रो स्थानमा सीमित प्रवीण बुढामगरले चार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

उक्त च्याम्पियनसिपमा परिवर्तन गाउँपालिकाका गणेश बाठामगरले पहिला नगद पुरस्कार, रोशन केसीले दोस्रो नगद पुरस्कार र सुवास बिक तेस्रो नगद पुरस्कार प्रायोजना गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते