मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

तेक्वान्दोको अनलाइन पुम्से च्याम्पियनसिप हुने

शुक्रबार, ३० जेठ २०७७खेलपाटी संवाददाता
तेक्वान्दोको अनलाइन पुम्से च्याम्पियनसिप हुने
Loading ad...
mustang rice ad

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा लकडाउन कोभिड– १९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने भएको छ ।

आईओएफटीसीले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसक कारण विश्वभर खेलकुद गतिविधि ठप्प रहेको अवस्थामा दुई चरणमा गरी अनलाइन प्रतियोगिता गर्न लागेको हो ।

च्याम्पियनसिप अन्तर्गत जुन २१ देखि २७ तारिखसम्म पहिलो चरणमा कलर बेल्ट प्रतिस्पर्धा हुने आईओएफटीसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जानकारी गराए ।

यल्लो, ग्रिन, ब्लु र रेड बेल्टको प्रतिस्पर्धामा पुरुष/ महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

त्यसपछि जुलाई १२ देखि १८ तारिखसम्म ब्ल्याकबेल्टतर्फ दोश्रो चरणमा खेल हुने छ । पुरुष÷महिलामा समान ११–११ गरी २२ पदकका लागि भिडन्त हुनेछ ।

दुवै चरणको प्रतिस्पर्धा सबैका लागि खुला रहेको निर्देशक महर्जनले जानकारी गराए ।

डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो संघ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) को सहयोगमा हुन लागेको प्रतियोगितामा कम्तीमा पनि २५ राष्ट्रको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

सहभागीले दुई मिनेट भन्दा बढाइ श्रब्यदृष्य पठाउनु पर्ने छ । पठाइएको श्रब्यदृष्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गर्ने छन् ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महर्जनसहित रिचार्ड स्याक्स्, रेमन्ड सु, लभ गोर्खाली, विपिन श्रेष्ठ, एलेक्जनडर लिम, किशोर महर्जन र सुदिन महर्जन सम्मिलित आयोजक समिति गठन गरिएको छ । बढी भन्दा बढी खेलाडीले सहभागिता जनाउन सकुन् भन्ने उद्देश्यले दर्ता शुल्क पनि थोरै राखिएको निर्देशक महर्जनले अवगत गराए ।

सहभागीले कलर बेल्टतर्फ ५ युएस डलर र ब्ल्याकबेल्टतर्फ १० युएस डलर बुझाउनु पर्नेछ ।

नेपाली खेलाडीको सहजीकरणका लागि रामचन्द्र ब्यञ्जनकार, रजिन सिंह, अर्जुन महर्जन र निरोज गौतम सम्मिलित ४ सदस्यीय टोली गठन गरिएको छ । अन्य देशको हकमा पनि सम्र्पक व्यक्ति तोकिएको छ ।

आईओएफटीसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपको १३ औं संस्करण कोरोना भाइरसका कारण स्थगित भएपछि आयोजकले थोरै भएपनि खेलाडीको मनोबल उच्च बनाउन अनलाइन प्रतियोगिता आयोजना गर्न लागेको निर्देशक महर्जनले बताए ।

च्याम्पियनसिपको १३ औं संस्करण अमेरिकाको मिचिगनमा यसै वर्षको मे १ र २ तारिखमा हुने तालिका थियो । उक्त च्याम्पियनसिप हरेक दुई वर्षको अन्तरालमा एक पटक अमेरिका र अर्को पटक अमेरिका बाहिरा हुँदै आएको थियो । १२ औं संस्करण सकिँदासम्म अमेरिकाको पोर्टल्यान्डमा ५ पटक र नेपालमा ४ पटक भइसकेको छ । बाँकी १–१ संस्करण भारत, बेलायत र हङकङमा भएका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते