आइतबार, ०६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

थाइल्यान्डका पाकानोन र चियानी उत्कृष्ट

सोमबार, २४ कार्तिक २०७७खेलपाटी संवाददाता
थाइल्यान्डका पाकानोन र चियानी उत्कृष्ट
Classic Tech Internet Ad

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी भएका छन् । पाकानोन पुरुष र चियानी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

च्याम्पियनसिपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए । चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन् । उनीहरु अंकका आधारमा उत्कृष्ट खेलाडी घोषित भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही एक सय अमेरिकी डलर पुरस्कार पाउने छन् । पुरुषतर्फको पुरस्कारको प्रायोजन एभरेस्ट तेक्वान्दो एकेडेमी हङकङका संस्थापक रविनकुमार नाल्बोले गरेका छन् । यस्तै महिलातर्फको पुरस्कारको प्रायोजन होराइजन तेक्वान्दो संघ हङकङका संस्थापक देउकाजी गुरुङले गरेका छन् ।

च्याम्पियनसिपको मोस्ट लाइक भिडियोको निर्णय भने आगामी शुक्रबार मात्रै गरिने प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए । युट्युवमा सबैभन्दा बढी भ्यु प्राप्त भिडियोले मोस्ट लाइक भिडियोका रुपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ ।

च्याम्पियनसिपमा मलेसिया टि च्याम्पियन बनेको छ । मलेसियाले ६ स्वर्ण, चार रजत र सात कांस्य जितेको थियो । यस्तै आयोजक नेपाल चार स्वर्ण, ७ रजत र १० कांस्य जित्दै दोस्रो भएको छ । मेक्सिकोले दुई स्वर्ण र एक रजत जित्दै तेस्रो स्थान हात पारेको छ ।

च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा नेपालका एक सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले सहभागिता जनाएका थिए ।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना गरिएको हो ।

च्याम्पियनसिपमा महिला र पुरुष गरी १८ उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित

रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित

एमबाप्पेले गरे आफ्नो ‘आइडल’ रोनाल्डोसँग कीर्तिमानी बराबरी

एमबाप्पेले गरे आफ्नो ‘आइडल’ रोनाल्डोसँग कीर्तिमानी बराबरी

पथरी–११ सतिसाले गोल्डकपको फाइनलमा

पथरी–११ सतिसाले गोल्डकपको फाइनलमा

एपीएफलाई हराउँदै इस्ट बंगालले जित्यो उपाधि

एपीएफलाई हराउँदै इस्ट बंगालले जित्यो उपाधि

पहिलो हाफमै एपीएफले खायो २ गोल

पहिलो हाफमै एपीएफले खायो २ गोल

क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा

क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा

वेलिङ्टनको जितमा साम्बाको २  गोल

वेलिङ्टनको जितमा साम्बाको २ गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल