शनिबार, ०५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

त्रिपुराका अभिषेकलाई चौतारा सिंगलको उपाधि

मंगलबार, २३ मंसिर २०७७नमीन ढकाल
त्रिपुराका अभिषेकलाई चौतारा सिंगलको उपाधि

त्रिपुरा सुन्दरीका अभिषेक गुरुङ । फाेटाे : खेलपाटी

त्रिपुरा सुन्दरीका अभिषेक गुरुङ । फाेटाे : खेलपाटी

Classic Tech Internet Ad

सिन्धुपाल्चोक । त्रिपुरा सुन्दरीका अभिषेक गुरुङले तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ को जिल्ला स्तरिय मेन्स सिंगलको उपाधि हात पारेका छन् ।

मंगलबार साझ सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भएको फाइनल खेलमा त्रिपुरा सुन्दरी गाउँपालिकाका अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गरे ।

पहिलो सेट २१–१९ ले जितेका अभिषेकले दोस्रो सेट २१–१५ ले जित्न सफल भए ।

जितसँगै अभिषेकले नगद ३० हजार तथा उपबिजेता सुरेन्द्रले नगद २० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै सेमिफाइलनमा पराजित रमेश श्रेष्ठ र अजय तामाङले जनही ५ हजार प्राप्त गरे ।

आजनै भएको मेन्स डबल तर्फको पहिलो सेमिफाइनलमा प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीले अजय तामाङ र राज कुमार तामाङको जोडीलाई २–१ सेटमा पराजित गर्दै उपाधि नजिक रहे ।

यस्तै, विहानै भएको दोस्रो मेन्स डबल सेमिफाइनलमा अभिषेक र युवराज अधिकारीको जोडीले सुरेन्द्र श्रेष्ठ र कैलाश घलेको जाडीलाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

पहिलो सेट २०–२० ले गुमाएको प्रकाश जोडीले बाँकी दुई सेटमा पुनरागमन गर्दै २१–१० र २१–७ मा जित्न सफल भए ।

यस्तै दोस्रो खेलको पहिलो सेट २०–२२ ले गुमाएको अभिषेकको जोडीले सुरेन्द्रको जोडीलाई पुनरागमन गर्दै २१–११, २२–११ मा हराउन सफल भयो ।

अब दुई जोडी उपाधिका लागि २६ गते भिड्नेछन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा चलिरहेको प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधामा प्रतिपर्धा सञ्चालन गरिएकाे आयोजकले जनाएको छ ।

पहिलो चरणमा जिल्लाका लागि पुरुष एकल र युगल तथा दोश्रो चरणमा राष्ट्रिय स्तरको पुरुष एकल प्रतियोयगता आयोजना गरिनेछ ।

राष्ट्रिय स्तरको पुरुष एकलतर्फको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्तै सेमिफाईनलिस्ट (तृतीय स्थान) दुई जनाले जनही १० हजार प्राप्त गर्ने छन् ।

युगल तर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनलिस्ट दुई जोडीले ५-५ हजार प्राप्त गर्नेछन् ।

कोरोनाको महामारीका कारण प्रतियोगितामा प्रतिस्पर्धा गर्नबाट बञ्चित राष्ट्रिय खेलाडीले पहिलो पटक ठुलो धनराशी रहेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न गईरहेका छन् ।

कोरोना महामारिकाबीच नेपालमा ब्याडमिन्टन सुरु हुने यस प्रतियागिता पहिलो समेत हाे । विगत ८ महिनायता नेपालमा कुनै पनि प्रतियोगिता आयोजना हुन पाएको छैन ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
वेलिङ्टनको जितमा साम्बाको २  गोल

वेलिङ्टनको जितमा साम्बाको २ गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल