मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

रत्न र गौतम क्वाटरफाइनलमा

बिहिबार, ०१ माघ २०७७खेलपाटी संवाददाता
रत्न र गौतम क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । सेनाका रत्नजित तामाङ र एपिएफका गौतम कठायत सिराहामा जारी योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सिराहाको गोलबजारमा जारी प्रतियोगिता अन्तर्गत पुरुषतर्फ समूह 'ए' बाट रत्नजित समूह विजेता र गौतम उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेका हुन् ।

अब रत्नले समूह 'सी' को दोस्रो स्थानमा रहेका भोजपुरका बिकास श्रेष्ठसँग प्रतिस्पर्धा गर्ने छन् । रत्नले लिगमा ३ मा तीन खेलनै जित्दै समूह विजेता भएका हुन् ।

तीनमा दुई खेल जित्दै उपबिजेता भएका गौतमले समूह 'सी'का विजेता सेनाका प्रफुल महर्जनको सामना गर्ने भएका छन् ।

प्रफुलले ३ मा तीन जित निकालेका थिए । यस्तै बिकासले तीनमा दुई खेलमा जित निकाले ।

यस्तै समूह 'बी' बाट एपिएफका दीपेश धामी र सेनाका नविन श्रेष्ठ विजेता र उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरे ।

दीपेशले तीनमा ३ खेलमै जित निकालेर समूह विजेता बने भने नविनले एक खेल गुमाएका थिए ।

अब दीपेशले समूह 'डी'का उपविजेता रुकेश महर्जनसँग प्रतिस्पर्धा गर्नेछन् । रुकेशले आफ्नो समूहमा तीनमा दुई जित निकाल्दै समूह उपविजेता बनेका हुन् ।

समूह 'डी' का विजेता सिल्क ग्रुपका प्रिन्स दाहालले समूह 'बी'का उपविजेता सेनाका नविन श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्सले आफ्नो समूहमा शतप्रतिशत जित निकालेका थिए ।

बिहीबार भएको अन्तिम लिगमा एपिएफका गौतमले एपिएफकै सुमन लिम्बुलाई २१-९, २१-८ ले, पुलिसका सुनिल जोशीले बाँकेका इरफान अन्सारीलाई २१-१८, २१-१६ ले,
तथा सेनाका प्रफुल महर्जनले एपिएफका बिजित थापा मगरलाई २१-१६, २३-२१ ले पराजित गरे ।

सेनाका रुकेश महर्जनले पुलिका जीवन आचार्यलाई २५-२३, २१-६ ले, सेनाका रत्नजितले धादिङका सुदीप सेढाईलाई २१-११, २१-११ ले, एपिएफका दिपेश धामीले सेनाका नविन श्रेष्ठलाई २१-११, २१-१७ ले, भोजपुरका बिकाश श्रेष्ठले पुलिसका दीपक बोहरालाई २१-१५, २१-१२ ले तथा सिल्क ग्रुपका प्रिन्स दाहालले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१-८, २१-९ ले पराजित गरे ।

महिलातर्फ समूह 'ए' मा भोजपुरकी नङ्गशल देवी तामाङ र बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशी विजेता तथा उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

अब नङ्गशलले समूह 'सी'की उपविजेता एपिएफकी शोभा गौचनको सामना गर्ने छिन् । नङ्गशलले समूहमा शतप्रतिशत जित निकालिन ।

यस्तै राजबंशीले समूह 'सी'की विजेता राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनको सामना गर्नेछिन् । समूह 'बी' बाट सेनाकी अमिता गिरी र एपिएफकी सुनयना मुखिया विजेता तथा उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेकी छिन् । अमिताले समूह 'डी' की उपविजेता अनुमाया राई र सुनयनाले एपिएफकी जेशिका गुरुङको सामना गर्ने छन् ।

प्रतियोगिताको र्याकिङ १६ बाहेकको पुरुष एकलतर्फ सेनाका पविन लिनथेपले बिराट ब्याडमिन्टन क्लबका नविन सिलवाललाई २०-२२, २१-१४, २१-१३ पराजित गरे ।

भोजपुरका बिशाल तामाङले कैलालीका रोशन खत्रीलाई २१-९, २१-७ ले, पुर्ण बहादुर थपा, पुलिसले सौरभ बम, कञ्चनपुरलाई २१-१०, २१-१७ ले, डेभिड थापामगर, सेनाले सुजन थापा, साईनो एसएचलाई २१-१७, २१-१६ले, देवराज राना, कैलालीले, रोहित बराल, कपिलबस्तुलाई २१-१२, २१-१६ ले, एशिया जबेगु, पाँचथरले भोजबहादुर गुरुङ सेनालाई २१-१६, २१-१४ले, गोकुल जोरा सेनाले, प्रियान्सु सिंह क्षेत्री, एपिएफलाई २१-१८, २१-१८ ले तथा विवेक चौधरी कञ्चनपुरले कृष्ण पाठक धनकुटालाई २१-९, २१-१० ले पराजित गरे ।

सेनाका सन्तोष पनेरुले राज बर्मा कपिलबस्तुलाई २१-१४, २१-१५ ले, शिव थापा बाँकेले रोशन साउद कैलालीलाई १९-२१, २१-१९ को सेटमा रिटायर्ड हर्ट, ईन्द्रबहादुर महता, एपिएफले नरेन्द्र बम सुर्खेतलाई २१-१८, २१-१६ ले, सुजन श्रेष्ठ बुढासुब्बा ब्याडमिन्टन एकेडेमीले निशान्त कटुवाल संखुवासभाबाट वाकओभर, दिवस शंकर सेनाले, प्रकाश चन्द कञ्चनपुरलाई २१-१६, १७-२१, २१-८ ले, पेम्बा शेर्पा सोलुखुम्बुले योगेश खड्का कैलालीलाई २१-१७, १७-२१, २१-१९ ले, आयुष्मान नागरी सेनाले अनिल मल्ल ठकुरी सुर्खेतलाई २१-१७, २१-३ ले तथा निराजन देवकोटा एपिएफले बिन्याक्स खत्री पाल्पालाई २१-१५, २१प्-११ले पराजित गर्दै राउण्ड १६ मा प्रवेश गरे ।

भेट्रान्स युगल तर्फको खेलमा ईमाडोल ब्याडमिन्टन क्लबका दिलकुमार कन्दंवा र लोक बहादुर श्रेष्ठको जोडी, बशन्त लाल बज्राचार्य र महेशमान बज्राचार्य पाल्ला, देवेन्द्र राना र चुडामणी उपाध्याय कैलाली, अनिल कुमार लाखे बाँके सुभाष श्रेष्ठ चितवन, लक्ष्मण बिसी र नारायण श्रेष्ठ रामेछाप, शोभाकर भण्डारी र नविन पराजुली पोखरा, अमर बिष्ट र संजीव श्रेष्ठ संखुवासभा, भुपाल रानामगर र चित्र थापा उदयपुर, हरि खत्री र मन बहादुर राना कालिका, पूर्णहरी होना र संजय कपाली पिस एफसी तथा जीवन बोगटी र डिल्ली राम दागी पनि आआफ्ना प्रतिद्वन्दीलाई पन्छाउँदै राउण्ड १६ मा प्रवेश गरेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन