सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

भोजपुर मेयरकप ब्याडमिन्टन भोलीबाट

मंगलबार, १८ फाल्गुण २०७७खेलपाटी संवाददाता
भोजपुर मेयरकप ब्याडमिन्टन भोलीबाट
Loading ad...
mustang rice ad

काठमाडौं । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता भोलीबाट सुरु हुने भएको छ ।

आयोजक संघले मंगलबार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रतियोगिताका लागि रेफ्रि अनुप शाक्यको नेतृत्वमा म्याच कन्ट्रोल एवं अन्तराष्ट्रिय अम्पायर सुमित शाक्य र अम्पायर केदार धिमाल हिजो सोमबारनै भोजपुर आईपुगेका छन् ।

प्रतियोगिताका लागि पूर्वाञ्चलका जिल्लाबाट खेलाडीहरुका साथै भोजपुरका नम्बर एक खेलाडी रत्नजित तामाङ, नविन श्रेष्ठ, पविन लिनथेप, पेम्बा शेर्पा, दिबश संकर, सुजन श्रेष्ठ, प्रनिश सिंह ठकुरी पनि भोजपुर आईपुगेका छन् ।

राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठको नेतृत्वमा राष्ट्रिय च्याम्पियन बिवेक श्रेष्ठ, नविन श्रेष्ठ राष्ट्रिय खेलाडीहरु सहित उर्जासिल युवाहरु सम्मिलित निर्वाचित जिल्ला संघले पहिलो पटक जिल्लामा ठुलो प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुका साथै सरादेवी तामाङ, बिकास श्रेष्ठ, नङ्गशल तामाङ, विवेक श्रेष्ठ, रत्नजित तामाङ, नविन श्रेष्ठ जस्ता राष्ट्रिय च्याम्पियनहरु उत्पादन गरेको भोजपुरमा ठुला प्रतियोगिताहरु नभईरहेको अवस्थामा यस ब्याडमिन्टन प्रतियोगिताहरुले खेलाडी उत्पादनमा निकैनै सहयोग पुग्ने भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठले बताए ।

सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पस प्राङ्गणमा रहेको भोजपुर जिल्ला ब्याडमिन्टनको कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु – १७ र यु – १३ ब्वाईज तथा गर्ल्स गरि ९९ खेलाडीहरुले कुल ७ बिधामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

करिब १२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलमा शीर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५ सय, महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार तथा यु – १७ ब्वाइज तथा गर्ल्स तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यु-१३ का खेलाडीहरुलाई प्रोत्साहन स्वरुप शीर्ष तीनका खेलाडीहरुले नगद ५ हजार, ३ हजार र १५ सय सहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रतियोगितालाई भोजपुर नगरपालिकाले ७ लाख सहयोग गरेको छ भने अन्य खर्च विभिन्न संघ संस्था, देश तथा बिदेशमा रहेका ब्याडमिन्टन खेल प्रेमीहरुको सहयोग रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए । प्रतियोगतालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन