सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रिन्स र अनुमायालाई उपाधि

आइतबार, ०१ चैत्र २०७७खेलपाटी संवाददाता
प्रिन्स र अनुमायालाई उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन् ।

पुरुष एकलतर्फको फाइनलमा प्रिन्सले एपीएफका दिपेश धामीलाई पराजित गरे । उनले दिपेशमाथि २३-२१, २१-१८ को जित निकाले । यससँगै प्रिन्सले चितवनमा भएको प्रतियोगितामा ब्यहोरेको हारको बदला समेत लिए ।

उपाधिसँगै प्रिन्सले ५० हजार प्राप्त गर्दा दिपेशले ३० हजार प्राप्त गरे ।

यस्तै तेस्रो स्थानमा रहेका पुलिस क्लबका बिष्णु कटुवाल र सेनाका रुकेश महर्जनले नगद १०/१० हजार प्राप्त गरे ।

क्वाटरफाईनलिष्ट सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, भुपु सैनिकका सहरोज अन्सारी र सेनाका भोज बहादुर गुरुङ्गले नगद ५/५ हजार प्राप्त गरे ।

महिला एकलतर्फ अमिता गिरीलाई २१-१०, २१-१७ को सोझो सेटमा पराजित गर्दै अनुमायाले उपाधि हात पारेकी हुन् ।

उपाधिसँगै अनुमायाले ३० हजार र अमिताले १५ हजार प्राप्त गरिन् ।

तेस्रो स्थानमा रहेका एपीएफकी शोभा गौचन र धादिङ्गकी तारा आले प्रत्येकले नगद ७ हजार ५ सय प्राप्त गरे ।

साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फ हिमालयन क्लबका बिशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरीको जोडीले आयोजक साईनोका अभिषेक बोश र सुजन थापाको जोडी माथि २१-१७, १६-२१, २१-१७ को जित निकाल्दै उपाधि उचाले ।

विजेता जोडीले ५० हजार प्राप्त गर्दा उपविजेता जोडीले ३० हजार प्राप्त गरे ।

सूर्खेतका नरेन्द्र बम र चण्डोलका शिव थापाको जोडी तथा गण्डकी ब्याडमिन्टन क्लबका सनम खपाङ्गी र हिरा राईको जोडी तेस्रो हुँदै नगद १०/१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

पुरुष भेट्रान ४५ तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी च्याम्पियन बने । उक्त जोडीले परफेक्ट फिटनेश क्लबका पूर्ण हरि होना र संजय कपालीको जोडीलाई १२-२१, २२-२०, २१-१६ ले पराजित गरेका हुन् ।

विजयी खेलाडीहरुले ४० हजार प्राप्त गर्दा उपविजेता टिमले २५ हजार तथा तेस्रो भएका युनिक स्पोर्टस्का अनिल कुमार लाखे र पाल्पाका महेश बज्राचार्यको जोडी तथा ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडीले नगद १०/१० हजार प्राप्त गरे ।

पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा सूर्यदर्शनका दीपक राना र संजय श्रेष्ठको जोडीले गण्डकी ब्याडमिन्टन क्लबका तिलक छन्त्याल र हिरा राईको जोडीलाई १८-२१, २१-१४, २१-१२ ले पराजित गर्दै ट्रफी उचाले । यस्तै उपविजयी खेलाडीहरुले मेडल, प्रमाण पत्र प्राप्त गरे ।

पुरुष सी तर्फको प्रतिस्पर्धामा टोखा युथ क्लबका क्षितीज खनाल र अमन महर्जनको जोडीले बाजी मार्यो । उक्त जोडीले किर्तिपुरका दिप्रिस मुनि बज्राचार्य र निखिल बट्टको जोडीलाई २१-१९, २१-१४ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । उपबिजेताले मेडल र प्रमाण पत्र प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई तारकेश्वर नगरपालिकाका मेयर , नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य सुभाष श्रेष्ठ, महासचिव बिरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन