अल नेपाल फुल कन्ट्याक्ट भोलि
मंगलबार, ३१ चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्योकुसिन कराते संघ आईकेएको आयोजनामा प्रथम अल नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिता बुधबार हुने भएको छ ।
प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष टीका श्रेष्ठ थिङले जनाएका छन् ।
पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु सिनामंगलमा हुने छ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)
