टोकियोमा सिड्नीलाई कीर्तिमानसहित स्वर्ण
बुधबार, २० श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकी एथलेटिक्स खेलाडी सिड्नी मेक्लफलिनले टोकियो ओलम्पिकमा विश्व कीर्तिमानी समयसहित स्वर्ण पदक जितेकी छिन् ।
सिड्नीले महिलाको ४०० मिटर हर्डल्समा कीर्तिमानी समय निकाल्दै स्वर्ण जितेकी हुन् ।
ओलम्पिक स्टेडियममा सिड्नीले निर्धारित दुरी ५१.४६ सेकेन्डमा पूरा गरिन् ।
सिड्नीले आफ्नै नामको कीर्तिमान भङ्ग गरेकी हुन् । यस अघि उनको नाममा ५१.९० सेकेन्डको कीर्तिमान रहेको थियो ।
यस स्पर्धामा अमेरिकाकै डालिल्हा मुहमदले ५१.५८ सेकेन्डको समय निकाल्दै रजत जितिन् ।
डच खेलाडी बोल फेम्कीले ५२.०३ सेकेन्डको समयसहित कास्य पदक जितिन् ।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)