नाडालले युएस ओपन गुमाउने
शुक्रबार, ०४ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले युएस ओपन टेनिस गुमाउने भएका छन् ।
चोटको कारण नाडालले युएस ओपन गुमाउने भएका हुन् ।
नाडालले देब्रे खुट्टाको पैतालाको चोट बोकेका छन् । जसको कारण उनी युएस ओपन नखेल्ने भएका हुन् ।
युएस ओपन अगस्ट ३० बाट सुरु हुनेछ । नाडाल युएस ओपनमा चार पटकको च्याम्पियन हुन् ।
नाडालले पछिल्लो पटक अमेरिकाको सिटी ओपन टेनिस खेलेका थिए ।
चोटकै कारण उनले सिनसिनाटी मास्टर्स र क्यानडीयन ओपन खेलेका थिएनन् ।
२० पटकको ग्रान्डस्लाम विजेता नाडालले पछिल्लो पटक सिटी ओपन टेनिस खेलेका थिए ।










-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)