एलेक्सजेन्डर सेमिफाइनलमा
शनिबार, ०५ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मनीका एलेक्सजेन्डर ज्वेरभ सिनसिनाटी ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार बिहान भएको खेलमा क्वाटरफाइनलमा नर्वेका कास्पर रुडलाई पराजित गर्दै ज्वेरभले अन्तिम चारमा स्थ्ना बनाएका हुन् ।
टोकियो ओलम्पिकको स्वर्ण पदक विजेता ज्वेरभले रुडमाथि ६-१ र ६-३ को जित निकाले ।
सेमिफाइनलमा ज्वेरभले ग्रीसका स्टेफानोस सिसेपससँग खेल्नेछन् ।
स्टेफानोसले क्यानडाका फेलिक्स अगरलाई ६-२,७-५ र ६-१ को सेटमा हराएका थिए ।
अर्को सेमिफाइनलमा रुसका डेनील मेदभेदेब र आन्द्रे रुभलेभबीच प्रतिस्पर्धा हुनेछ ।










-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)