आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनओसीका पूर्व अध्यक्ष राणाको स्मृतिमा शोक सभा

बुधबार, ०६ आश्विन २०७८खेलपाटी संवाददाता
एनओसीका पूर्व अध्यक्ष राणाको स्मृतिमा शोक सभा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले आफ्ना पूर्व अध्यक्ष तथा मानार्थ अध्यक्ष रुक्म शमशेर राणाको स्मृतिमा बुधबार शोक सभाको आयोजना गरेको छ ।

राणाको निधन भएको १३ औं पूण्य तिथिका अवसरमा कमिटीले सातदोबाटो श्रद्धान्जली कार्यक्रम गरेको हो । राणाको भदौ २५ मा निधन भएको थियो ।

राणा सन् १९९८ देखि २००७ सम्म कमिटीको अध्यक्ष रहेका थिए  । उनले राष्ट्रिय खेलकुद परिषद, फुटबल, तेक्वान्दो, एथलेटिक्स र स्कि संघका नेतृत्व पनि सम्हालेका थिए ।

शोक सभा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली ओलम्पिक आन्दोलनमा राणाको ठूलो योगदान रहेको बताउँदै नेपाली खेलकुदमा ओलम्पिक आन्दोलनको मान्यता स्थापित गर्ने श्रेय उहाँलाई जानु पर्ने बताए ।

‘नेपाली ओलम्पिक आन्दोलन यहाँसम्म आइपुग्नुमा सबैभन्दा ठूलो योगदान राणाकै छ,’ श्रेष्ठले भने ।

May be an image of 5 people, people standing, indoor and text that says 'Honorary President . of NOC Mr. Rukma SJB Rana Marc eptemb 021 WXY W'

कमिटीमा सल्लाहकार तथा पूर्व मन्त्री शरतसिंह भण्डारी राणा नेपाली खेलकुदको असल अभिवावक रहेको बताए ।

यस्तै परिवारको प्रतिनिधित्व गर्नु हुँदै अनिलकेशरी शाहले नेपाली खेलकुद र खेलाडीप्रति राणाको असाध्यै माया रहेको बताए ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले नेपाली तेक्वान्दोको विकासमा उहाँ अतुलनीय योगदान रहेको बताए ।

यस्तै कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले दिवंगत राणा नेपालमा विवादरहित खेलकुद चाहनु हुने बताए । उनले भने ‘नेपाली खेलकुद एकजुट भएर अगाडि बढ्छ भने त्यो नै राणाप्रति सच्चा श्रद्धान्जली हुनेछ ।’

कार्यक्रमका अवसरमा राणाको परिवारका सदस्यको उपस्थिति थियो । यस्तै कमिटीका प्रमुख पदाधिकारी, विभिन्न कमिटीका अध्यक्ष, खेल संघका अध्यक्ष र सदस्यको कार्यक्रममा उपस्थिति थियो ।

कार्यक्रमको सुरुमा दिवंगत राणाको सम्झनामा एक मिनेट मौन धारण पनि राखिएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध