जुनियर करातेको तयारी पूरा
बिहिबार, ०२ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा शुक्रबारदेखि हुने सातौं जुनियर कराते प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।
प्रतियोगितामा नेपालका ३ सय २५ र भारतका ५५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा खेल हुने छ । शनिबारसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)

-1766305902285.jpeg&w=3840&q=75)
