शनिबार, ०५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

फुटबलको नयाँ राजा को हो ?

बुधबार, १६ चैत्र २०७८खेलपाटी संवाददाता
फुटबलको नयाँ राजा को हो ?
Classic Tech Internet Ad

काठमाडौं । अब त यो तय जस्तै भइसकेको छ, क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी विश्व फुटबलका विवादरहित राजा रहेनन् । पछिल्लो १० वर्षको समय यिनै दुई खेलाडीले विश्व फुटबलमा आफ्नो वर्चश्व कायम राखे । अब नयाँ युग सुरु भएको छ र यी दुई खेलाडीको स्थानमा उत्तिकै नयाँ अगाडि आइरहेका छन् । प्रश्न उठ्छ, अब फुटबलको नयाँ राजा को हो त रु रोनाल्डो र मेसीकै समयमा पनि अन्य प्रतिभाशाली खेलाडी नआएका होइनन् ।

तर जति बेला यी दुई खेलाडीले आफ्नो खेल जीवनको अन्त्य गर्नेछन्, त्यति बेला सबैले एकै मुखले भन्ने छन्, रोनाल्डो र मेसी जत्तिको खेलाडी त कोही पनि रहेन् । यो दाबीमा दुई मत राख्ने विरलै होलान् । कसैले रोखेमा पनि उल्टै त्यसमाथि विमती राख्न सकिनेछ । तर एउटा सबैभन्दा ठूलो सत्य के हो भने सबथोकको एक दिन अन्त्य हुनु पर्छ, कुनै केही पनि सधैंका लागि हुन्न । कोही अजर र अमर भएको भए कुरा बेग्लै हुने थियो ।

FPL Show: Now's the time to captain Ronaldo

अब लाग्न थालेको छ, रोनाल्डो र मेसीमाथि तिनको उमेर हामी हुन थालेको छ । यो सिजनको सुरुमा संयोगले दुवैले नयाँ अनुबन्ध गरे, परिस्थितिले तिनलाई नयाँ बाटो रोज्न बाध्य पारेको थियो । त्यो त आफ्नो पुरानो क्लब नै सही नयाँ गन्तब्धका रूपमा रोनाल्डोले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई रोजे । सन् २००९ मा सफलताका उत्कर्षमा पुगेर उनले म्यानचेस्टर छाडेका थिए । त्यति बेला म्यानचेस्टरले एकपछि अर्को सफलता चुमिरहेको थियो ।

अब त त्यस्तो दिन पनि रहेन् । न त रोनाल्डोले म्यानचेस्टर आएयता क्लबको भाग्य फेर्ने केही गर्न सकेका छन् । त्यसो त रोनाल्डोले म्यानचेस्टरको दिन फर्केछन् भनेर विश्वास पनि कसको थियो र रु यता मेसी पनि बार्सिलोना बसिरहन सकेनन् । उनले पेरिस सेन्ट जर्मेन (पीएसजी) को हात थामे, जहाँ उनका पुराना विश्वासिला साथी नेयमार खेलिरहेका थिए । पीएसजीमा पनि मेसीको प्रदर्शन त्यस्तो रहेको छैन्, जस्तो कुनै समय बार्सिलोनाका लागि हुने गथ्र्यो ।

Messi Makes a Case on Why PSG Has What It Takes to Win the Champions League  This Season - PSG Talk

तर अब समय आएको छ, विश्व फुटबलमा परिवर्तनको । सायद नेयमारको खेल जीवन पनि अब त्यति धेरै लामो रहने छैन् । रोनाल्डो र मेसीलाई छाडेर अहिले तत्काल विश्व फुटबलका सबैभन्दा ठूला स्टारमध्ये एक हुन्, यी ब्राजिली नेयमार । तर निर्णायक मोडमा अहिलेसम्म नेयमारले त्यस्तो केही ठूलो जादु देखाएका छैनन् । तिनको नखरा नै बढी भन्ने पनि त छन् । खासमा कुरा के हो भनेको केही महिना दिनमा हामीले नयाँ युवा खेलाडीबाट केही ठूलो अपेक्षा गर्न सक्छौं ।

र, यहाँनिर भन्नै पर्ने कुरा के हो भने अब सायद विश्व फुटबलमा कोही एक खेलाडीको वर्चश्व हुने छैन्, जस्तो रोनाल्डो र मेसीको थियो । यसको कारण के हो भने भन्दा विश्व जसरी अहिले फेरिएको छ, त्यस अनुसार कोही एक खेलाडीले ठूलो अर्थ राख्नुको स्थानमा खेल आफै टिममा केन्द्रित हुन थालेको छ । अचेल टिम कोही एक खास खेलाडीमा भर पर्न छोडेको छ, बरू टिममा सबै खेलाडीले खास खास जिम्मेवारी निभाउने गरेका छन् र त्यो टिमकै लागि केन्द्रित रहेको स्थिति छ ।

Mbappé, Neymar star as PSG win in Bordeaux

अहिले तत्कालका लागि धेरैको ध्यान दुई खेलाडीमा जान सक्छ, त्यसमा सबैभन्दा पहिलो नाम त केयलिन एमबापे नै भयो, अर्को नाम इर्लिङ हल्यान्ड भयो । सबैको नजर अचेल यिनै दुई खेलाडीमा छ भन्दा परक पर्दैन् । भन्न सुरु भएको छ, अबको दशक यी दुई खेलाडीले विश्व फुटबल हाँक्न सक्नेछन्, यदी यी दुईले ठीक क्लब पाए भने । त्यसैले बार्सिलोना, म्यानचेस्टर सिटीदेखि रियल म्याड्रिड जस्ता टिमले यी दुई खेलाडीमा नजिकबाट हेरिरहेको छ ।

अनि अर्को मुख्य कुरा के पनि हो भने अहिले धेरै क्लबले आफ्ना उत्पादनलाई अगाडि बढाउन खोजिरहेको छ र त्यसमा अधिकांस यू २३ स्तरका खेलाडी छन् । विश्वास के पनि छ भने यी यू २३ का खेलाडीमध्ये केहीले अबको केही समयमा विश्व फुटबलमा तहल्का मच्चाउन सक्छ । निचोड के भने हो यसपल्टको विश्वकपपछि रोनाल्डो र मेसीको युग सकिने छ र सबैको ध्यान केन्द्रित हुनेछ, अबको फुटबलको नयाँ राजा को हो भनेर । र, यो राजा फरक फुटबल परिस्थितिको हुनेछ ।

 

 

–मार्काको सहयोगमा ।

Bajaj Pulsar Motorcycle Ad
स्पेसल फिचर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना