सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

व्यस्त बनेको नेपाली खेलकुद

बिहिबार, ०१ बैशाख २०७९खेलपाटी संवाददाता
व्यस्त बनेको नेपाली खेलकुद
Loading ad...
mustang rice ad

काठमाडौं । ०७८ को चैत २९ गते नेपाल सरकारको मन्त्रिपरिषद बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको पोखरामा गर्ने निर्णय गर्यो ।

सरकारको निर्णयसँगै झन्डै दुई वर्ष पछि सरेको राष्ट्रिय खेलकुद हुने पक्का भयो । वर्षको अन्तिम दिन सरकारले दिएको खुसीसँगै वर्ष ०७८ खेलकुदका लागि सुखद अन्त्य भयो ।   

वर्ष ०७७ कोभिड-१९ को महामारीले नेपाली खेलकुद थलिएको थियो ।  कोभिड-१९ को महामारी घटेसँगै २०७८ को वर्ष नेपाली खेलकुद विस्तारै चलायमान बन्यो ।

वर्ष ७८ को सुरुआतमा विस्तारै अघि बढेको नेपाली खेलकुद वर्षको अन्त्यतिर निकै व्यस्त बन्यो।

साना ठुला राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको आयोजनाले खेलाडी निकै व्यस्त बने । प्रमुख खेलहरु फुटबल, क्रिकेट, भलिबलसँगै सबै खेलका खेलाडीहरु व्यस्त रहे ।

वर्ष ०७८ मा नेपाली खेलकुदले अन्तराष्ट्रिय स्तरमा समेत सफलता हात पारे । भलै विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिकमा सहभागिता मात्र रह्यो ।

 ओलम्पिकमा सहभागिता मात्र कहिलेसम्म ?

युनिभर्सालिटी कोटामा पौडी र एथलेटिक्सका तीन जनाले टोकियो ओल्मपिकमा सहभागीता जनाए । सुटिङ र जुडोमा दुई जनाले वाइल्ड कार्ड पाएर खेले । तर, राष्ट्रिय कीर्तिमान बाहेक अन्य उपलब्धि हासिल गर्न सकेन ।

चीनमा आयोजना भएको विन्टर ओलम्पिकमा भने नेपालले सहभागिता जनाउन पाएन ।

वर्ष ०७८ फुटबल व्यस्त रह्यो । घरेलु फुटबलमा 'ए', 'बी' र 'सी' डिभिजनको लिग भयो । आधा दर्जन बढी गोल्डकपले निरन्तरता पायो ।

अन्तराष्ट्रिय फुटबलमा समेत नेपाली टोली व्यस्त रह्यो । साफ च्याम्पियनसिपको उपविजेता बन्दै ऐतिहासिक उपलब्धि हासिल गर्यो ।

May be an image of one or more people and people standing

यस्तै कतार विश्वकप छनोट र एएफसी एसियन कप फुटबल छनोटको दोस्रो चरणमा सहभगिता जनायो ।  

राष्ट्रिय पुरुष टोलीले भारत, इराक, ओमान, मरीसस र थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्यो ।

महिला टोलीले एसिया कप छनोट र बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो । महिलाको राष्ट्रिय लिगको पहिलो चरण सम्पन्न भयो ।

यस्तै पुरुष र महिला टोलीले उमेर समूहको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो ।

आहा रारा, खप्तड गोल्डकप, झापा गोल्डकप लगायतका प्रतियोगिताले मोफसलको फुटबललाई चलायमान बन्यो ।

राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ भारतको इन्डियन सुपर लिग फुटबल खेल्ने पहिलो नेपाली बने । कप्तान किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्दले विदेशी लिगमा आफुलाई अब्बल साबित गरे ।

चोटमुक्त हुँदै स्ट्राइकर विमल घर्ति मगर र सावित्रा भण्डारी मैदानमा पुनरागमन गर्न सफल भए । मछिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजनको उपाधि जित्यो । यस्तै पहिलो पटक एएफसी कप छनोटमा सहभागिता जनायो ।

फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा प्रकरणले चर्चा पायो ।

प्रशिक्षक अल्मुताइरीद्वारा पद त्यागको घोषणा

वर्ष ०७८ मा क्रिकेट समेत व्यस्त रह्यो । घरेलु प्रतियोगितासँगै अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिजका कारण क्रिकेटरहरु व्यस्त बने ।

नेपालले ओमानमा आयोजना भएको आईसीसी टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट खेल्यो । तर, युएईसँग सेमिफाइनलमा पराजित हुँदा नेपाल विश्वकपमा छनोट हुन सकेन ।

 त्यसबाहेक नेपाली टोलीले विभिन्न टोलीसँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्यो । हालै घरेलु मैदानमा भएको त्रिदेशीय टी-ट्वान्टी सिरिज नेपालले जितेको थियो ।

घरेलु प्रतियोगितामा एभरेष्ट प्रिमियर लिग, पुरुष र महिलाको प्रधानमन्त्री कप राष्ट्रिय टी-ट्वान्टी क्रिकेट, मेयर कप महिला क्रिकेट, यू-१९ महिला क्रिकेट आयोजना भयो ।

पुरुष टोलीले विश्वकप लिग टू अन्तर्गतको सिरिज समेत खेल्यो । महिला टोलीले पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जित्यो ।

May be an image of 1 person and standing

क्रिकेटमा केहि विवादित घटना समेत घट्यो । क्यानले तत्कालिन क्रिकेट टिम कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई सोधेको स्पष्टिकरण र कारवाहीले क्रिकेट विवादित बन्यो ।

क्यानले सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको कप्तान चयन गर्यो । पूर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे । देभ वाट्मोरले राजीनामा दिएपछि क्यानले पुबुदु दशानायाकेलाई मुख्य प्रशिक्षक नियुक्त गर्यो ।

फुटबल र क्रिकेटको तुलनामा राष्ट्रिय भलिबलमा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता भएन । तर, अन्तराष्ट्रिय प्रतियोगितामा भने महिला भलिबलले उपाधि जित्दै आफुलाई अब्बल साबित गर्यो ।

May be an image of 15 people and people standing

महिला टोलीले बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्यो । उज्वेकिस्तानलाई हराउँदै महिला टोलीले लगातार दोस्रो पटक उपाधि जितेको हो ।  पुरुष भलिबल टोलीको अन्तराष्ट्रिय सहभागिता भने निराशाजनक बन्यो ।

घरेलु प्रतियोगितामा एनभिए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप, टाइगर कप, प्रधानमन्त्री कप, मुख्यमन्त्री कपको आयोजना भयो । यस्तै संजय स्मृति महिला बिच भलिबलको आयोजना भयो ।

May be an image of 3 people and people standing

फुटबल, क्रिकेट र भलिबल बाहेक अन्य राष्ट्रिय खेलको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना भए ।

एथलेटिक्स, बास्केटबल, टेबल टेनिस, तेक्वान्दो, कराते, ब्याडमिन्टन, जुडो, फेन्सिङ, मुवाथाई, किकबक्सिङ लगायतका खेलको राष्ट्रिय तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरु आयोजना भए ।

May be an image of 2 people, people standing and text

ट्रायथोलनको साफ तथा एसियन च्याम्पियनसिप आयोजना भयो । फुटसलको ए डिभिजन लिग भयो । नेपालले एएफसी कप फुटसल छनोट समेत खेल्यो । 

ब्याडमिन्टनका प्रिन्स दाहाल जुनियरको विश्व वरीयताको विश्व वरीयतामा उक्लिदा चर्चाको शिखरमा पुगे ।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारालिम्पिकको तेक्वान्दोतर्फ कास्य पदकको नजिक पुग्दै ऐतिहासिक सफलता हात पारिन् ।

यस्तै बहराइनमा भएको एसियन युथ पारा गेम्समा पलेशाले ऐतिहासिक स्वर्ण पदक प्राप्त गरिन् ।

बक्सिङकी पुनम रावलले थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा कास्य पदक जित्न सफल भईन ।

खेलकुद राजनीतिले ०७८ मा निरन्तरता पायो । सरकार परिवर्तनसँगै एकै वर्ष  चार खेलकुद मन्त्री बने । यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप) का तत्कालिन सदस्य सचिव रमेश सिलवालको बर्खास्ती र टंकलाला घिसिङको नियुक्तिले वर्षको अन्तिमतिर खेलकुदको मुख्य निकाय ठप्प जस्तै बन्यो ।

राखेप सदस्य सचिव विहीन बन्दा एसियन गेम्सको तयारी समेत प्रभावित बन्यो ।

May be an image of 5 people, people standing and outdoors

फुटबलको मुख्य गतिविधि -

- एएफसी कप २०२१ प्रारम्भिक छनोट (दोस्रो चरण)

- नेपाल सुपर लिग (एनएसएल)

- छैटौं विराट गोल्डकप

- इराकविरुद्ध मैत्रीपूर्ण खेल

- विश्वकप छनोट (दोस्रो चरण)

- ६ सी डिभिजन छनोट

- भारतविरुद्ध घरेलु मैदानमा मैत्रीपूर्ण खेल

- बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल (महिला)

-ओमानविरुद्ध मैत्रीपूर्ण खेल

-एएफसी महिला एसिया कप छनोट

- साफ च्याम्पियनसिप

-एएफसी यू-२३ एसिया कप छनोट

-उपमेयर कप राष्ट्रिय महिला लिग छनोट

- साफ यू-१९ महिला च्याम्पियनसिप

- सहीद स्मारक ए डिभिजन लिग

- साफ यू-१८ महिला च्याम्पियनसिप

- आहा रारा गोल्डकप

- मरिससविरुद्ध मैत्रीपूर्ण खेल

- शहीद स्मारक बी डिभिजन लिग

- खप्तड गोल्डकप

-झापा गोल्डकप

-राजर्षी जनक गोल्डकप

- जितपुर सिमरा गोल्डकप

-दमक गोल्डकप

-एएफसी कप २०२२ प्रारम्भिक छनोट (पहिलो चरण)

- राष्ट्रिय महिला लिग (पहिलो चरण )

- थाइल्याण्डविरुद्ध मैत्रीपूर्ण खेल

- इटहरी गोल्डकप

क्रिकेटको मुख्य गतिविधि -

- त्रिदेशीय टी-ट्वान्टी क्रिकेट

-एभरेष्ट प्रिमियर लिग

-प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट

- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी-ट्वान्टी क्रिकेट

- ललितपुर मेयर कप महिला क्रिकेट

-नेपाल क्रिकेट टिम श्रीलंका भ्रमण

- आईसीसी टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट

- विश्वकप लिग टू (दुई त्रिकोणात्मक सिरिज)

- यू-१९ महिला राष्ट्रिय क्रिकेट

- पपुवा न्यूगिनीविरुद्ध दुई एकदिवसीय सिरिज

- त्रिदेशीय टी-ट्वान्टी सिरिज

- सन्दीप लामिछाने कप्तान नियुक्त

- पुबुद दासानायके प्रशिक्षक नियुक्त

- पारस खड्काको सन्यास

भलिबलको मुख्य गतिविधि  -

- एभिसी एसियन सिनियर महिला सेन्ट्रल जोन च्यालेन्ज कप

- एभिसी एसियन सिनियर पुरुष सेन्ट्रल जोन च्यालेन्ज कप

- एनभिए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप (महिला र पुरुष)

- टाइगर कप महिला र पुरुष भलिबल

- प्रधानमन्त्री कप महिला भलिबल

- मुख्यमन्त्री कप पुरुष भलिबल

- सन्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल

अन्य खेलकुद -

- फुटसल ए डिभिजन लिग

-२५औं एसियाली टेबलटेनिस

-नेपालगंज म्याराथन

-शेख मुजिव ढाका म्याराथन

- भारोत्तोलन राष्ट्रिय प्रतियोगिता

- लामा टेण्डी स्मृति खुला महिला तथा पुरुष बास्केटबल

- सफल पोखरा म्याराथन

- प्रधानसेनापति म्याराथन

- विर गणेशमान फेन्सिङ

- केटिएम १० के रन

-प्रधानमन्त्री कप ब्याडमिन्टन

-एएफसी एसियन कप फुटसल छनोट  

विवादास्पद गतिविधि -

- गोपीचन्द्र पार्की प्रकरण

- फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रकरण

- क्रिकेट प्रशिक्षक डेभ वाटमोरको राजीनामा

- क्यान उपाध्यक्ष र महासचिवको राजीनामा

- राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त, टंकलाल घिसिङ नियुक्त

- क्रिकेट टिम कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई स्पष्टिकरण र कारवाही

- हरि खड्का सर्टिफिकेट प्रकरण

- ए डिभिजन क्लब र एनएसएल

- एन्फा निर्वाचन

खेलकुदले गुमाएका व्यक्ति -

-नर बहादुर शाही (एथ्लेटिक्स)

- रामजी प्रसाद बज्राचार्य (क्युकोशिन कराते)

- बिल तामाङ (फुटबल)

-कृष्ण बहादुर राई (कराते)

- राजेश हरि जोशी (चेस)

-लब खत्री (फुटबल रेफ्री)

-रुक्म शमसेर राणा (एनओसी पूर्व अध्यक्ष)

- होल्गर ओभरमन (फुटबल कोच)

-लामा टेण्डी शेर्पा (बास्केटबल)

- ज्ञानेन्द्र विष्ट (भलिबल)

- अन्जुनाथ श्रेष्ठ  (आईटिएफ )

- विद्यासागर पोखरेल (कुस्ती )

-  रामकुमार विश्वास (फुटबल)

Loading ad...
LiNing Ad
वर्ष ०७८ :

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो