शनिबार, ०५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

बल्ल बोले इन्द्रमान

सोमबार, ०९ जेठ २०७९खेलपाटी संवाददाता
बल्ल बोले इन्द्रमान

फाइल तस्बिर

फाइल तस्बिर

Classic Tech Internet Ad

काठमाडौं । इन्द्रमान तुलाधर खासै बोल्ने स्वभावका मान्छे हैनन् । बोल्न उनी खासै रुचि र जाँगर पनि चलाउँदैनन् ।

एन्फाको चुनाव संघारमा छ । उनी खासै बोलिरहेका थिएनन् । एन्फामा दुई पक्ष प्यानल बनाउन लागिरहदाँ इन्द्रमान मौन जस्तै थिए ।

इन्द्रमान कता हेर्छन्, सबैको चासो थियो ।

एन्फाभित्र धैरै छन्, जो इन्द्रमान मन पाउँदैनन् । फेरी इन्द्रमान यस्ता पात्र हुन्, जो बिना फुटबलको सत्ता बनाउन गाह्रो छ ।

एन्फामा जता हावा चल्छ, इन्द्रमान उतै लाग्छन् भनिन्छ ।

इन्द्रमान यसपटक पनि कर्माछिरिङ शेर्पासँग जाने निर्णय गरे । शेर्पाको चुनावी नतिजा के होला, पत्तो छैन । तर इन्द्रमान हार्ने टिममा बस्दैनन् भनिन्छ ।

चुनावको संघारमा कर्माछिरिङले इन्द्रमानलाई प्रस्ताव गरे, महासचिव दोहरिने कि वरिष्ठ उपाध्यक्ष लिने ?

इन्द्रमान चुनावमा पनि खासै रुचि गर्दैनन् । उनले भने, ‘महासचिवनै दोहोरिन्छु’

फुटबलमा यस्तो रोजेर पद लिन पाउने भाग्यमानी इन्द्रमान मात्र हुन् ।

भन्नेहरु छन्, इन्द्रमान चुनाव लड्दैनन् । उनलाई थाहा छ, चुनाव जितिदैन । चुनावसँग इन्द्रमान डराउँछन् । तर जसले जे भनेपनि फुटबलको सत्ताबाट इन्द्रमान बाहिर छैनन् । गणेश थापाले दुई दशक फुटबल हाँके । इन्द्रमान खास भित्रिया थिए । नरेन्द्र श्रेष्ठको पालामा पनि उनै हर्ताकर्ता ।

कर्माछिरिङ परिवर्तनको नारा सहित आए, तर एन्फाको हर्ताकर्ता उनै इन्द्रमान रहे ।

पछिल्ला चार वर्ष कर्माछिरिङको सचिवालयलाई लिएर धेरै आलोचना भए । आर्थिक गडबडीका कुरा आए । पारदर्शीता नभएको गुनासा भए । कर्माछिरिङले सचिवालयमा महासचिवको रुपमा इन्द्रमानलाई जिम्मेवारी दिएका थिए ।

कर्माछिरिङलाई मुछेपनि विरोधी पक्षले भन्ने सचिवालयको संकेत इन्द्रमानतिरै हो । इन्द्रमान आलोचनाको केन्द्रमा भए । तर इन्द्रमान बोलेनन् । 

आलोचना होस् वा प्रशंसा, उनी फिस्स हाँसेर टारिदिन्छन् ।

इन्द्रमानलाई लिएर धेरैका गम्भिर आपत्तीहरु थिए । कुनै समय कर्मा समूहका पंकजबिक्रम नेम्वाङदेखि वीरबहादुर खड्कासम्म इन्द्रमानविरुद्ध लागे । इन्द्रमानलाई हटाउन माग गरे । अन्तिममा चोइटिनु अघि उनीहरुको गुनासो शेर्पाले इन्द्रमानलाई संरक्षण गरे भन्नेमा थियो ।

कर्माकै सारथी भन्छन्, पछिल्लो चार वर्ष कर्माको मुख्य कमजोरी इन्द्रमान रहे ।

भनिन्छ, फुटबलको सत्ता दुई भागमा विभाजित छ, टुकुचा वारी र टुकुचा पारी ।

वारी रहे काठमाडौं उपत्यकाका क्लब । जसमा इन्द्रमानको धाक र बोली चल्छ । 

पारी रहे पूर्व लगायत काठमाडौं बाहिरका सदस्य जिल्ला ।

फुटबलको सत्तामा पुग्न ए, बी र सी डिभिजनका क्लबलाई नजर अन्दाज गर्न सकिदैन । त्यसमा अधिकांश क्लब काठमाडौं उपत्यका भित्रका छन् । त्यसमा अझ नेवार समुदायको बर्चस्व छ । ती क्लबका अघोषित नेता हुन्, इन्द्रमान । त्यसैपनि इन्द्रमानलाई नलिएर फुटबलको सत्ता चलाउन जो कोहीलाई गाह्रो छ भनिन्छ ।

फुटबलको सत्तामा सदाबहार नेता बनेका इन्द्रमानले सोमबार मुख खाले । आफुमाथि लागेका आरोपको खण्डन गरे । मौन प्राय बसेका इन्द्रमानले व्रत भंग गरे । आसन्न एन्फा निर्वाचनमा कर्मा प्यानलसँग उभिने उद्घोष गरे । फेरीपनि इन्द्रमान चुनाव लड्ने छैनन् । कर्माले चुनाव जिते उनी पुन महासचिव हुनेछन् ।

कर्माको प्यानल घोषणा सभामा इन्द्रमान उद्घोषक भएर उपस्थित थिए । उनले सुरुमै भने, म यहाँ एन्फा महासचिव हैन, संकटा क्लबको अध्यक्षको हैसियतले उपस्थित छु ।

उनले कर्माछिरिङ रोज्नुको कारण खुलाउँदै भने, ‘कोभिड महामारीका कारण फिफालाई कार्यक्रम गर्न गाह्रो भयो । तर कर्मा जीले तीन वर्ष लगातार लिग गरेर देखाउनुभयो ।’

नेपालको फुटबल विचित्रको छ । क्लबहरु लिग खेल्नै नपरे जस्तो गर्छन् । खेल्न भन्दा एन्फाको सत्ताभोगमा सबैको इच्छा देखिन्छ ।

‘मैले सल्लाह पनि गरे (लिग नगर्ने हो कि भनेर) । तर उहाँ लिग रोक्ने पक्षमा कहिल्यै देखिन । उहाँको राम्रो पक्ष यही लाग्यो ।’ इन्द्रमानले भने, ‘महानगरबाट क्लबलाई आर्थिक सहयोग जुटाउन होस् वा प्रदेश, जिल्लासँग समन्वय गरेर बजेट जुटाउन, उहाँले खेलेको भुमिका प्रसंसनीय छ ।’

फुटबलमा एउटा हल्ला ब्यापक छ । एन्फा १४ करोड ऋणमा छ । अब आउने नेतृत्वले ठुलो ऋण बोक्नुपर्ने चुनौती छ । एन्फाका विरोधी पक्षले समेत यसलाई ठुलो एजेण्डा बनाएका छन् । इन्द्रमानले यस आरोपको खण्डन गरे ।

‘एन्फामा अहिले १० करोड ऋण छ । अब आउने टिमलाई अफठ्यारो पर्ने सुनिन्छ ।’ इन्द्रमानले भने, ‘यो सत्य हो ।’

‘फिफाबाट पूर्वाधार बाहेक १८ लाख र कोभिड कोषबाट ५ लाख डलर गरि करिब ३० करोड रुपैयाँ आउन बाँकी छ । जाबो १० करोड ऋणको कुरा बुझिएको छैन ।’ उनले थपे ।

एन्फाभित्र चरम आर्थिक अनियमिमता भएको एजेण्डा विपक्षी पक्ष (पंकज नेम्वाङ समूह)ले निरन्तर उठाईरहेको छ । महासचिवको रुपमा धेरै आरोप स्वयम इन्द्रमान तिर सोझिन्छ । फिफाबाट आएको क्रोलको टिमले यही बसेर अडिट गर्ने गरेको र एन्फा आर्थिक प्रतिबन्धमा रहेको बिषय चुनावको मुख्य एजेण्डा बनेको छ ।

प्यानल घोषणा सभामा इन्द्रमानले यसबारेपनि प्रष्टिकरण दिए ।

उनले अडिटका लागि फिफाबाट मान्छे आउनुमा वर्तमान कार्यसमितिका जिम्मेवार पदाधिकारी दोषी रहेको बताए । 

‘एन्फा आर्थिक प्रतिबधमा रहेको सबैलाई थाहा छ । किन छ त ?’ इन्द्रमान भन्छन्, ‘उहाँहरु (पंकजबिक्रम नेम्वाङ पक्ष) जिम्मेवारी छैन ?’

इन्द्रमान यतिमै रोकिएनन् । उनले थप ब्यङ्गे गर्न भ्याए ।

‘अध्यक्ष शेर्पा परिवर्तनका लागि आउनुभयो । हामी त्यो समय संस्थापन पक्ष थियौं । तर साथ दियौं । परिवर्तनको पक्षमा आएकाहरु ६ महिनामै जोविरुद्ध परिवर्तन गर्नुभयो, उहाँकै पक्षमा जानु भयो ।’ इन्द्रमानले भने, ‘उहाँ (गणेश थापा)सँग टासिएर जाने अनि कर्माले परिवर्तन गरेन भन्ने ?’

‘सुरु देखिनै हेडक्वाटर बनाउने कामदेखि आर्थिक अनियमितताको कुरा उठाउनु भयो । बोलेको बोल्यै, बोलेको बोल्यै गर्नुभयो । प्रशासनीक भ्रष्टाचार छ भन्नुभयो ।’ इन्द्रमानले भने, ‘एक लाख डलरको अनियमिततामा १० वर्षको प्रतिबन्ध देखेका छौं । अहिलेनै हामीले पचासौ करोडको काम गरिसक्यौं, कही भ्रष्टाचार थाहा भएको भए, हामीपनि प्रतिबन्धमा पथ्र्यौ होला ।’

उनले अन्तिममा फिफाबाट अडिटका लागि मान्छे आउनुको खास कारण खुलाए ।

‘कार्यसतिमा मान्छेले धेरै पटक आर्थिक अनियमितताको कुरा उठाएपछि फिफालाई पनि आशंका भयो । त्यही भएर मान्छे आएको हो । अख्तियारले पनि छानबिन गर्यो । क्लिन चिट दियो । तपाईहरुको सबै काम सही छ भनेको छ । फिफाले पठाएको क्रोलको टिमले सबै हेरेको छ । सबै चिज ठिक छ भनेको छ । तर केही कुरा सुधार गर्नपर्ने छ । उहाँहरुले निरन्तर रुपमा सहयोग गरिराख्नुभएको छ । यो सबै आर्थिक प्रतिबन्धमा उहाँहरुपनि त्यतिनै जिम्मेवार हुनुहुन्छ ।’ उनले टुङ्गाए । 

 

Bajaj Pulsar Motorcycle Ad
बल्ल बोले इन्द्रमान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी