सुजितलाई तीन स्वर्ण
काठमाडौं । बागमति प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा चितवनका सुजितकुमार महतोले आइतबार तीन स्वर्ण जितेका छन् ।
सुजितले छात्र १ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको १ सय मिटर दौडको छात्रामा काभ्रेकी पूर्णिमा श्रेष्ठ, ४ सय मिटर दौडको छात्रमा चितवनका सुदिप महतो र छात्रामा काभ्रेकी देवकी गिरी, १ हजार ५ सय मिटर दौडको छात्रमा सिन्धुपाल्चोकका टीकाराम लोप्चन र छात्रामा सिन्धुपाल्चोककै अस्मिता भुजेल तथा सटपुटको छात्रमा चितवनका दीपेश महतो र छात्रामा काभ्रेकी बन्दना दनुवारले स्वर्ण जिते ।
प्रतियोगिताको बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, संघीय सांसद तुलसा थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक बागमति प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिति थियो ।
प्रतियोगितामा एथलेटिक्ससहित भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी गरी ६ खेल समावेश छन् ।









-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)

