'प्लस टू' रन हुने

काठमाडौं । उमेर समूहको एथलेटिक्सका खेलाडीलाई लक्षित गर्दै काठमाडौंमा प्लस टू रन हुने भएको छ । कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालबाट सञ्चालन हुने प्रतियोगिता भदौको १८ गते आयोजना हुनेछ ।
एथलेटिक्स खेलमा उदयमान खेलाडी उत्पादन गर्ने र स्कुल कलेजमा रहेका प्रतिभावान खेलाडीलाई उत्कृष्ट प्रर्दशन गर्न मौका प्रदान गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको प्लस टू रन ५ किलोमिटर दुरीको हुनेछ ।
प्रतियोगितामा २० वर्ष मुनिका युवा खेलाडीले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा २०५९ साल भाद्र १५ गते पछि जन्म मिति भएका खेलाडीले मात्र सहभागीता जनाउन पाउने एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।
छात्र र छात्रा दुवै विधामा आयोजना हुने प्लस टू रनको विजेतालाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई १५ हजार र चौथो हुनेलाई १० हजार, पाँचौ हुनेलाई ५ हजार र छैटौदेखि दशौंसम्म स्थान हासिल गर्ने खेलाडीलाई जनही १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । सहभागी सबै खेलाडीलाई प्रमाणपत्र वितरण गरिनेछ । खेलाडीले भाद्र १ देखि १६ गते बिहीबार साँझ ५ बजेसम्म काठमाडौंका विभिन्न स्थानमा नाम दर्ता गराउन सक्नेछन् ।
प्लस टू रनमा करिब १ हजार विद्यार्थीले सहभागीता जनाउने आयोजकले विश्वास लिएको छ ।






%20(2)-1765947464452.png&w=3840&q=75)

-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)

