सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

एथलेटिक्सको राष्ट्रिय कीर्तिमानमा विवाद 

आइतबार, ३० आश्विन २०७९खेलपाटी संवाददाता
एथलेटिक्सको राष्ट्रिय कीर्तिमानमा विवाद 
Loading ad...
mustang rice ad

काठमाडौं । शनिबार नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सको १ सय मिटर स्पर्धामा सरस्वती चौधरीले स्वर्ण जितिन् । निर्धारित दुरी १२ दशमलव १३ सेकेन्डमा पार गर्दै सरस्वतीले स्वर्ण पदक हात पारेकी थिईन् । 

आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रतियोगिता सञ्चालनको जिम्मेवारी लिएको नेपाल एथलेटिक्स संघले सरस्वतीको स्वर्णलाई राष्ट्रिय कीर्तिमानको रुपमा मान्यता दिएको छ । तर सोही राष्ट्रिय कीर्तिमान विवादको घेरामा परेको छ । 

एथलेटिक्स आफैमा कीर्तिमानहरुको खेल हो । एथलेटिक्सका विभिन्न विधामा बन्ने कीर्तिमाननै यस खेलको रोमाञ्चकता हो । तर सरकार र सम्बन्धित संघको प्राविधिक लापरबाहीका कारण खेलाडीको कीर्तिमान विवादमा पर्ने गरेको छ । 

एथलेटिक्समा ट्रयाक रेकर्ड हेन्ड टाइम र इलेक्ट्रोनिक टाइममा मापन गरिन्छ । विश्व खेलकुदमा पछिल्लो समय एथलेटिक्सका स्पर्धाहरु इलेक्ट्रोनिक टाइममा मात्र रेकर्ड गरिन्छ । तर नेपालमा सम्बन्धित संघको लापरबाहीका कारण इलेक्ट्रोनिक टाइमिङको ब्यवस्थानै छैन, सबै घरेलु प्रतिस्पर्धा हाते घडी ‘हेन्ड टाइमिङ’कै भर पर्नु परेको छ । 

May be an image of 3 people and people playing sports

शनिबारमात्र १ सय मिटर स्पर्धामा सरस्वतीले जितेको स्वर्ण पदक सहितको राष्ट्रिय कीर्तिमानलाई कीर्तिमान भन्न नमिल्ने एथलेटिक्स बिज्ञ दिवाकरलाल अमात्य बताउँछन् । 

‘हेन्ड टाइमिङलाई अन्तराष्ट्रिय रुपमा मान्यतानै दिईदैन । अन्तराष्ट्रिय रुपमा मापननै गर्नुपरेको खण्डमा शुन्य दशमलव २४ सेकेन्डलाई जोड्न पर्छ । त्यसो गर्दा सरस्वतीको समयले कीर्तिमान हुदैन ।’ अमात्यले खेलपाटीसँग भने । 

सन् १९९९ मा काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा देवीमाया पनेरुले १२ दशमलव १९ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिईन् । त्यो उनको इलेक्ट्रोनिक टाइम थियो । तर शनिबार सरस्वतीले हासिल गरेको १२ दशमलव १३ सेकेन्डको समय हेन्ड टाइमिङ हो । अन्तराष्ट्रिय प्रचलन अनुसार ४ सय मिटर तलका सबै ट्रयाक स्पर्धामा हेन्ड टाइमिङमा शुन्य दशमलव २४ सेकेन्ड जोड्नुपर्छ । त्यसो गर्दा सरस्वतीको टाइमिङले कीर्तिमान छुदैन । 

‘इलेक्ट्रोनिङ टाइमिङ नहुदाँ नेश्नल गेम्सको नतिजाले अन्तराष्ट्रिय मान्यता पाउँदैन । रोड नापेको नमिल्दा साग खेलकुदको म्याराथन रेकर्डले समेत अन्तराष्ट्रिय मान्यता पाउन सकेन ।’ अमात्य भन्छन्, ‘यो सबै व्यवस्थापनको गल्ती हो । दशौं करोड खर्च गरेर ट्रयाक बनाउन सक्ने तर १५–२० को मेसिन राखेर प्रतियोगिता गर्न नसक्ने पनि कही हुन्छ ।’ 

नेपालमा भएको पछिल्लो दक्षिण एसियाली खेलकुदमा भारतबाट मेसिन र प्राविधिक ल्याएर एथलेटिक्सको इलेक्ट्रिक टाइम मापन गरिएको थियो । तर अधिकांश घरेलु प्रतियोगिता हाते घडीको भर पर्दा नेपाली खेलाडीको प्राप्त गरेका नतिजा उपलब्धि बिहिन बन्न पुगेका छन् । र एथलेटिक्सका कीर्तिमानका श्रृङ्खला विवादको घेरामा पर्ने गरेको छ ।  

नेपाल एथलेटिक्स संघका पूर्व महासचिव सुनिल राजवंशी हेन्ड टाइमिङमा मापन गरिएका दौड अन्तराष्ट्रिय रुपमा गणना नहुने बताउँछन् ।

‘त्यसो भए किन राष्ट्रिय प्रतियोगिता गरेको भन्ने प्रश्न आउन सक्छ ।’ उनी भन्छन्, ‘तर सम्बन्धित प्रतियोगितामा हासिल गरेको नतिजालाई सम्बन्धित प्रतियोगिताको उपलब्धिको रुपमा भन्न सकिन्छ । तर त्यसले राष्ट्रिय र अन्तराष्ट्रिय मान्यता पाउन सक्दैन ।’  

Loading ad...
LiNing Ad
एथलेटिक्सको राष्ट्रिय कीर्तिमानमा विवाद

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युवराज चम्किँदा एपीएफको जित

युवराज चम्किँदा एपीएफको जित

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य